Logo मंसिर १४, २०७७ आइतबार


प्रहरी परिवारका लागि आवास भवन बन्ने

नारायण थापा
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ मा नेपाल प्रहरी परिवारका लागि आवास भवन निर्माण हुने भएको छ । महानगरीय प्रहरी वृत्त ठिमीको पहलमा स्थानियबासीको सक्रियतामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भवन निर्माण शुरु भएको हो ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मी र भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन श्रेष्ठले प्रहरी परिवार आवास गृहको संयुक्त रुपमा शिलान्यास गर्नुभयो । शिलान्यासपछि आयोजित सभामा नगरप्रमुख श्रेष्ठले नगरपालिकाले प्रहरी र समुदायको सम्बन्ध अझै प्रगाढ बनाउन र मध्यपुर क्षेत्रको सुरक्षालाई अझै मजबुत बनाउन भवन निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन श्रेष्ठले ठिमीमा देशकै नमुना प्रहरी जवानका परिवारका लागि आवास भवन बन्न लागेको प्रति खुसी व्यक्त गर्नुभयो । अबको ६ महिना भित्रै भवन निर्माण कार्य पुरा गर्ने गरी काम शुरु भएको उपभोक्ता समितिका अध्यक्ष तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक दिनेश श्रेष्ठको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त ठिमी नजिकै कुण्डोलमा करिब एक रोपनी जग्गामा निर्माण हुने भवनका लागि नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको डिएसपी कोइरालाले बताउनुभयो । भवन बनेपछि भाडाका कोठामा परिवार राखेर प्रहरी सेवा गर्दै आएकाहरुलाई सेवामा रहन थप सहज हुने अपेक्षा प्रहरीको छ । देशैभरि कतै पनि प्रहरी जवानकै लागि भनेर परिवार आवास गृह नबनेको सन्दर्भमा यो नयाँ पहल भएको डिएसपी कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'