गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
आजका एक सय समाचार यसप्रकार छन् :
१.पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार देशभरको मौसम बदली हुँदा जनजीवन प्रभावित ।२.महाशाखाका अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा भएको हो मौसमा बदली ।अबको तीन दिन यसको प्रभाव रहने महाशाखाको भनाई ।३.पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडी भूभागहरुमा हल्कादेखि मध्य हिमपात भएको महाशाखाको भनाई ।४.राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान ।५.आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न गरेको हो आह्वान ।६.मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाद्धारा जानकारी ।७.निर्वाचनमा भाग लिन दर्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगको भनाई ।८.सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको गृह मन्त्री रामबहादुर थापाको भनाई ।९.३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको गृहमन्त्री थापाद्धारा जानकारी ।१०.भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको अवस्थामा नेपालले २५÷३० किलोमिटरको फरकमा रहेर सीमा सुरक्षा गर्नुपरेको े गृहमन्त्री थापाको तर्क ।११.दार्चुला क्षेत्रको सीमा सुरक्षाका लागि सरकारले नयाँ योजना बनाएर अगाडी बढ्न लागेकोसमेत मन्त्री थापाद्धा।ा जानकारी ।१२.काठमाडौंको गुहेस्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने खानेपानी मन्त्री बिना मगरको भनाई ।१३.शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अव छिट्टै उद्घाटन हुने मिति तय हुने मन्त्री मगरद्धारा जानकारी ।१४.२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको प्रशोधन केन्द्रका लागि एसियाली विकास बैंकले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण गरेको छ सहयोग ।१५.प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने सरकारको योजना ।१७.काठमाडौं महानगरपालिकाद्धारा २५ औं महानगर दिवसको अवशरमा सडक मानवमुक्त अभियानको घोषणा ।१८.मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियानको घोषणा गरिने महानगरको भनाई ।१९.महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने मेयर विद्यासुन्दर शाक्यद्धारा जानकारी ।२०.२०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई गरिएको थियो महानगरपालिका घोषणा ।२१.प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण गर्दा विभेद गरेको भन्दै काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी ।२२.नेपाल पत्रकार महासंघ केन्द्रीय संघर्ष समितीले चरणबद्ध आन्दोलनको क्रममा शुक्रबार एक घण्टा धर्ना दिनुका साथै अध्यक्ष श्रेष्ठको कार्यकक्षमा गरेको हो तालाबन्दी ।२३.पत्रपत्रिका वर्गीकरणमा कसैलाई काखा र कसैलाई पाखा गर्ने नीति अपनाएको भन्दै पत्रकारहरु बनेका हुन् आन्दोलित ।२४.प्रेस काउन्सिलले आफुहरुले गरेको गल्ति नसुधारेसम्म तालाबन्दी जारी रहने केन्द्रीय संघर्ष समितिका संयोजक दीपक पाण्डेको भनाई ।२५.सरकारले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको खाँचो महसुश गरी निर्माण थालेको बाराको निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा बढी, प्रगति शुन्य ।२६.विमानस्थल निर्माणमा रुख कटान गर्ने विषयमा पटक–पटक विवाद र चर्को बहस थालिएपनि निर्माणको मुख्य कामले गती लिन सकेन ।२७.टाँगियाबस्तीका १ हजार ४ सय ७६ घरधुरीलाई स्थानान्तरणका लागि पर्यटन मन्त्रालयमा पुगेको पत्रको कार्यान्वयन नभएपछि बस्ती स्थानान्तरणको कामले गति लिन सकेन ।२८.देशकै बहुचर्चित र गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम विभिन्न वहानामा रोक्न नमिल्ने सरोकारवालाहरुको भनाइ ।२९.पाल्पामा पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रिकरण बढ्दो ।३०.व्यवसायिक कृषिलाई मुख्य प्राथमिकतामा राखेर कृषिमा आधुनिकरण र यान्त्रिकीकरण तर्फ स्थानीय सरकारको जोड ।३१.अनुदानमा साना किसानहरुलाई समेत समेट्न लागेपछि यान्त्रिकरणमा सबैको पुगेको छ समान पहुँच ।३२.पछिल्लो समय पाल्पाका दुई नगरपालिका र ८ गाँउपालिकाले आधुनिक कृषि यन्त्रका लागि १ करोड बढी रकम खर्च ।३३.डडेल्धुरालगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा श्रमिक महिलालाई दिने ज्यालामा असमानता, महिलाले कम ज्याला पाए ।३४.पुरुष र महिलाले गर्ने काम एउटै भएपनि ज्याला फरक–फरक हुने गरेको कामदार महिलाहरुको गुनासो ।३५.नेपालको संविधान २०७२ ले समान कामको समान ज्यालाका स्वयम् श्रमिक महिलाहरु सचेत हुन आवश्यक रहेको कानुन व्यवसायीहरुको सुझाब ।३६.इलामको श्रीअन्तुमा धमाधम होटल बन्न थालेपछि होमस्टे मासिने अवस्था ।३७.श्रीअन्तुमा पछिल्लो समय बाह्य लगानीमा होटल निमार्ण हुन थालेपछि होमस्टे विस्तापित हुनेमा स्थानीयको चिन्ता ।३८.श्रीअन्तुका पुराना बसोबासीले आफू बसेको घरलाई होमस्टेको रुपमा चलाएका पनि पछिल्लो समय खुलेका होटेलले होमस्टेको अस्तित्व मेटाउने चिन्ता ।३९.कञ्चनपुरमा करोडौँको लगानीमा अत्याधुनिक प्रविधिवाट उन्नत जातका बाख्रापालनको सुरुवात ।४०.पेशाले फुटबल प्रशिक्षक गणेशबहादुर चन्दले ठूलो लगानीमा अष्ट्रेलियन बोयर जातका बाख्रापालन सुरु ।४१.३ करोडको लागतमा आधुनिक बाख्राखोर तथा पाठापाठी स्रोतकेन्द्र चन्दद्धारा स्थापना ।४२.२ सय बाख्रा अटाउने आधुनिक खोरको निर्माण गरी र अष्ट्रेलियन बोयर जातका २८ र अन्य २५ गरि ५३ बाखा्र चन्दद्धारा पालन ।४३.झण्डै दुइ दशक नेपाल फुटबल संघ कञ्चनपुरको अध्यक्षमा कार्यरत चन्दले बाख्रापालन सँगै ६ बिगाह जमिनमा रोपेकाछन १२ जातका डाले घाँस ।४४.अलैँचीको मूल्यमा गिरावट आएसँगै निराश बनेका लमजुङका अलैँची कृषकहरु बजार खोज्दै भारतको सिक्किम पुगे ।४५.गुणस्तरीय अलैँची उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा नमूना बनेका कृषकहरुले गुणस्तरीय उत्पादन गरेपनि अपेक्षित मूल्य नपाएपछि आफै बजार खोज्न बाध्य ।४६.पाँचवर्ष अघि लमजुङमा अलँैचीको मूल्य प्रतिकिलो दुईहजार भन्दा बढि रहेकोमा अहिले प्रतिकिलो छ सयको हाराहारीमा झरेको कृषकको गुनासो ।४७.बुधबार राति भोजपुरको दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ ।४८.जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले पौवादुङमा गाउँपालिकाको वडा नम्बर ३ च्याङ्ग्रेमा भएको आगलागी क्षेत्रको अनुगमन ।४९.आगलागीबाट वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कुर्सी, डेक्सटप, ल्यापटप, लगायतका सामग्री थिए जलेका ।५०.पूर्वाधार निर्माणका सामाग्री तथा वडा कार्यालयमा आगजनी हुन थालेपछि स्थानीयमा त्रास बढदो ।५१.एसियाली विकास बैंक (एडिबी)सँग बिभिन्न आयोजनाहरु सम्पन्न गर्न करिव ४० अर्ब रुपैयाँ नेपालले आर्थिक सहायता लिने ।५२.एसियाली विकास बैंकले रुरल इन्टरप्राईज फाइनान्सिङ प्रोजेक्टका लागि ५ करोड अमेरिकी डलर बराबरको ऋण सहायता उपलब्ध गर्ने ।५३.एसियाली विकास बैंकले खाद्य सुरक्षा तथा कृषि व्यापारिकरण कार्यक्रमको लागि पनि ५ करोड अमेरिकी डलर नेपाललाई उपलब्ध गराउने ।५४.शुक्रबार सुनको मूल्य चार सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार ।५५.चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।५६.११ सय ३१ दशमलव ९,२ विन्दुबाट शेयर कारोबार सुरु भएको नेपाल स्टक एक्सचेन्ज यो हप्ता ४० दशमलव ७,२ विन्दुले बढेर ११ सय ७२ दशमलव ६,४ अंकमा ।५७.२ अर्ब ५६ करोड ५६ लाख ५० हजारको कारोबार भएको सातामा कुल ८२ लाख ४६ हजार ५सय ९५ कित्ता शेयरको ३६ हजार ४ सय ४५ पटक भयो कारोबार ।५८.यो हप्ता १ सय ९० कम्पनीको शेयर कारोबार भएको नेप्सेको भनाइ ।५९.नेपाल टेलिकम पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बन्ने ।६०.मंसिर २८ गते आइतबारदेखि पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग हुने ।६१.एक–एकवटा क्वालिफायर र फाइनल गरी कुल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने ।६२.लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गने ।६३.खोटाङ्को फोक्सिङ्टार स्थित दुधकोसि नदिमा बेलीब्रीज संचालन ।६४.गाइघाट देखि दिक्तेलसम्म सिधा यातायात संचालन भएसगै स्थानीयलार्ई राहत ।६५.हेटौडाको भिमफेदी गाउँपालिका २ बाट लागूऔषध १० किलो चरेस सहित २ जनापक्राउ ।६६.पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका ७ का अरबिन्द कुमार पटेल र बारा आदर्श कोटवाल गाउँपालिका ७ का सुलतान अंसारी ।६७.मकवानपुरमा बोल्न नसक्ने ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडाका ४५ वर्षीय जेठा मोक्तान भन्ने जय बहादुर मोक्तान पक्राउ ।६८.आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोलुखुम्बुको दुधकोसी गाउँपालिका ३ का डाकमान कार्की पक्राउ ।६९.डाकमानले कुटपिट गर्दा घाइते भएका पविधान राईको जिल्ला अस्पताल हुँदै केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा भएको थियो मृत्यु ।७०.अर्कैको नाममा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा दिन आएका सल्यानका २२ वर्षीय अनजन खत्री समेत २ जना पक्राउ ।७१.नवलपरासी (पश्चिम)मा बा.१३ च ७४८८ नम्बरको कारको ठक्करबाट साइकल चालक सन्तपुर बस्ने रमेश शाहीको मृत्यु ।७२.काठमाडौंको ढल्कुमा डेरा गरी बस्ने दोलखाका रत्न बहादुर नेपालीको कोठाबाट करिब २ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी ।७३.बाँकेको रोयल कर्णाली ईलेक्ट्रो मार्ट मोबाइल पसलबाट करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।७४.सुनसरीको दुर्गालाल शाहको घरमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।७५.काठमाडौको कोटेश्वरमा विनोद महतको ब्राइत फ्युचर मोबाइल पसलबाट करिब ३ लाख ९ हजार ४ सय रुपैयाँ बराबरका मोबाइलहरु चोरी ।७६.खोटाङका अशोक राई, भविन राई र बलराम राईको कुटपिटबाट रमेश राईको मृत्यु ।कुटपिटमा संलग्न ३ जना फरार, खोजी भैरहेको प्रहरीद्धारा जानकारी ।७७.फिनल्यान्डको सोसल डेमोक्याटिक पार्टीकी नेत्री सन्ना मारिन प्रधानमन्त्रीमा नियुक्त ।७८.फिनल्यान्डका राष्ट्रपलिे ३४ वर्षीया मारिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी विश्वका बहालवाला प्रधानमन्त्रीहरूमध्ये उमेरले सबैभन्दा कान्छो उमेरकी बनिन् प्रधानमन्त्री ।७९.मारिन नेतृत्वको सरकारमा १२ जना मन्त्री पनि महिला नै बन्ने तय ।८०.मन्त्रिमण्डलमा पुरुष भने सात जना मात्रै रहने उल्लेख ।८१.बेलायतमा भएको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीको बहुमत ।८२.विपक्षी लेबर पार्टीको अवस्था भने अघिल्लो निर्वाचनभन्दा देखियो निकै कमजोर ।८३.संसदमा बहुमत पाएलगत्तै प्रधानमन्त्री बोरिस जोन्सनद्वारा मुलुकलाई एकजुट राख्न जनादेश मिलेको दिए प्रतिक्रिया ।८४.पाँच वर्षभन्दा कम अवधिमै ब्रिटेनमा गराइएको हो तेस्रो निर्वाचन ।८५.अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको आरोपलाई अनुमोदन गर्ने अपेक्षा ।८६.न्यायिक समितिले सत्ताको दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न खोजेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगमाथि गरिरहेको छ छानविन ।८७.ट्रम्पविरुद्ध युक्रेनलाई उनका राजनीतिक प्रतिद्वन्द्वी जो वाडेनलाई भ्रष्टाचारको आरोपमा छानविन गर्न दवाव दिएको लगाइएको छ आरोप।८८.आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा डेमाक्याटिक पार्टिका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने चर्चासँगै ट्रम्पले उनीमाथि छानविन गर्न दवाव दिएको लगाइएको छ आरोप ।८९.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा चीनसँगको पहिलो चरणको व्यापारिक सम्झौतालाई अन्तिम रुप ।९०.चीनले अमेरिकी कृषि उत्पादन किन्ने र त्यसको बदलामा अमेरिकाले चिनियाँ सामग्रीमाथि लगाइएको कर घटाउने तथा थप कर घोषणा नगर्ने भयो सहमति ।९१.अक्टोबर महिनादेखि नै दुवै पक्ष यो सम्झौताका सर्त तय गर्न थिए व्यस्त ।९२.सम्झौताअनुसार अमेरिकाले चिनियाँ सामग्रीमा डिसेम्बर १५ देखि १६० अर्ब डलरको कर लगाउने घोषणाको गर्यो स्थगित ।९३.१३अँैं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सम्मानस्वरुप शुक्रबार काठमाडौं नगर परिक्रमा ।९४. खेलाडीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराउने तयारी गरिएपनि वर्षा र चिसो मौसमका कारण काठमाडौंमा मात्र सीमित ।९५.नागरिकस्तरबाटसमेत मौसम बिग्रिएका कारण खेलाडीहरुलाई साथ मिलेन ।९६.१३औं सागमा नेपालले जितेको थियो ५१ स्वर्ण, ६० रजत र ९५ ओटा कास्यपदक ।९७.दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक ।९८.पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा विजेताले पाउने ट्रफी गरिएको हो सार्वजनिक ।९९.प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएपनि खेलहरु भने एक दिन ढिला आइतबारबाट मात्र सुरुसुरु हुने ।१००. पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्ने ।