बेलायतको संसदीय निर्वाचनमा सत्तारुढ पार्टीकाे बहुमत

काठमाडाैं । बेलायतमा भएको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत पाएको छ ।

विपक्षी लेबर पार्टीको अवस्था भने अघिल्लो निर्वाचनभन्दा निकै कमजोर रहेको छ ।संसदमा बहुमत पाएलगत्तै प्रधानमन्त्री बोरिस जोन्सनले ब्रिटेनलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेक्जिट सम्झौताको लागु गर्न र मुलुकलाई एकजुट राख्न जनादेश मिलेको प्रतिक्रिया दिएका छन् ।

पूरै सिटको परिणाम सार्वजनिक नहुँदै कन्जरभेटिभले सरकार बनाउनका लागि आवश्यक पर्ने ३२६ सिट जितिसकेको छ भने लेबरले आफ्नो वर्चश्व रहेको क्षेत्रहरु नै गुमाएको छ । पाँच वर्षभन्दा कम अवधिमै ब्रिटेनमा तेस्रो निर्वाचन गराइएको हो ।आउँदो जनवरी ३१ सम्ममा ब्रिटेनले ब्रेक्जिटबारेको निर्णय लिइसक्न ईयूले ब्रिटेनलाई समय सीमा दिइसकेको छ ।

सन् २०१६ मा गरिएको जनमत संग्रहमा ५२ प्रतिशतले यूरोपेली संघबाट अलग हुने तथा ४८ प्रतिशतले नहुने पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…