काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक-फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् । सबैजसो पत्रत्रिकाले मुलुकका विभिन्न स्थानमा जारी हिमपातबारे प्राथमिकताका साथ समाचार बनाएका छन् ।
शुक्रबार जनता समाचार डट कम मा पदक प्राप्त खेलाडीलाई नगर परिक्रमा गराइयो, नेपाल टेलिकमले शुरु गर्यो देशभर एफटीटीएच सेवा, प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी, प्रहरी परिवारका लागि आवास भवन बन्ने, चिसोले जम्यो ताल र खोलाको पानी र प्रहरी परिवारका लागि आवास भवन बन्ने लगायतका समाचार प्रकाशित गरिए ।
नागरिक दैनिक ले मुलुकका पूवी , पश्चिमी र मध्य क्षेत्रका हिमाली र पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको समाचारलाई शीर्ष ससमाचार बनाएको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएपनि किसान भने बाली सप्रने भन्दै हर्षित भएको समाचारमा उल्लेख छ । हिमपातका कारण हिमाली जिल्लामा हवाइसेवा अवरुद्ध हुनुका साथै कतै-कतै विद्यार्थीको वार्षिक परीक्षासमेत स्थागित भएको छ ।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला कालिकोट, दैलेख, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी, अछाम र डोटी, प्रदेश १ को ताप्लेजुङर प्रदेश ३ को रसुवालगायतका जिल्लामा हिमपात भएको हाे।
सुदूरपश्चिम प्रदेशका जिल्लामा हिमपातले जनजीवन निकै प्रभावित भएको छ। बझाङ, बाजुरालगायत जिल्लाका बस्तीमा हिमपातले शुक्रबार शिक्षण संस्थासमेत बन्द भए। बाजुराको कोल्टी एयरपोर्टमा हवाईसेवा बन्द भएको छ। डेढदेखि दुई फिटसम्मको हिमपातले भीमदत्त पन्तलगायत विभिन्न सडक अवरुद्ध भएका छन्। यस प्रदेशमा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पनि भारी वर्षा भएर जनजीवन प्रभावित भएको छ।
कान्तिपुर दैनिक मा गोकर्ण रिसोर्ट यतिलाई अको २५ वर्ष पनि शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार गोकर्ण रिसोर्ट यती होल्डिङ्स प्रालिलाई अर्को २५ वर्ष लिजमा दिइएको छ। लिजको म्याद सकिनुभन्दा झण्डै ६ वर्षअगावै मन्त्रिपरिषदबाट निर्णय गरेर यतिलाई थप २५ वर्ष लिजमा दिइएको हो ।
समाचारमा ‘सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यती होल्डिङ्स प्रालिलाई नै दिएको विश्लेषण गरिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतीलाई समय थपिएको कान्तिपुरमा लेखिएको हो ।
राजधानीको गोकर्णेश्वर नगरपालिकास्थित करिब २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका लागि यतीले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा सरकारलाई तिर्दै आएको पत्रिकामा उल्लेख छ ।