धनुषा बम विष्फोटमा बाबुछोराको मृत्यु (अपडेट)

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगरमा बम विष्फोटमा परी २ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षकसहित ४ जना घाइते भएको घटनामा मुत्यु हुनेमा अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभएको छ ।

महेन्द्रनगर बजारको उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा गएराति १२ बजेपछि बम बिस्फोट भएको बताइएको छ । मृतक राजेश साहको घर बाहिरको पोलमा राखिएको बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

बम बिस्फोटमा परी साहकी अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षीय छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । घाइतेहरुलाई शुरूमा जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारका लागिस लगिएपनि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको र चारै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि महेन्द्रनगरबाट गएकाे प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोलीले  त्यहाँ रातीकाे समयमा जम्मा भएको भिड हटाउन नपाउँदै बम विष्फोट भएको थियो ।

बम विष्फोटपछि घटनाको कसैले जिम्मा लिएको छैन । यद्यपि प्रहरीले भने बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका…

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट…