‘सूर्यचाैर’ ककनीकाे पर्यटकीय स्थल (फाेटाेफिचर)

उमा अधिकारी
काठमाडौं । समुद्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको नुवाकोटको ककनीमा रहेको सूर्यचौरलाई प्रसिद्ध पर्यटक स्थलको रुपमा चिनिन्छ । यहाँ जाडो मौसमा पर्यटकहरुको भीड लाग्ने गदर्छ ।

यस स्थानबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, राउचुली  लगायतका मनाेरम हिमश्रृंखलाहरूकाे दृश्यावलाेकन गर्न सकिन्छ ।

हरियाली वातावरणको साथमा धार्मिक पर्यटनका लागि बाैद्ध गुम्बाहरु पनि रहेका छन् । यस स्थलमा हिउँदकाे पुस माघ महिनामा हिउँ पर्ने भएकाले हिउँ खेल्न टाढाटाढाबाट पर्यटकहरू पुग्ने गर्दछन् ।

सूर्यचौर हाइकिङ्गका लागि एक उपयुक्त स्थल हो । यस्तो पदयात्रा कार्यक्रमले शिवपुरीको पर्यटन विकासमा टेवा पुग्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

यस ठाउँमा विशेष गरेर गुरुङ तथा तामाङको बस्ती रहेको छ । शिवपुरी गाउँपालिका भित्र रहेका यस्ता पर्यटकीय स्थल लगाएतका ट्रेकिङ रुटहरुको विस्तार गर्नाले समृद्ध विकासको निर्माण हुने स्थानीय बतउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…