Logo मंसिर १४, २०७७ आइतबार


सूर्यविनायकमा जीप लाइन सञ्चालन हुने

नारायण थापा
भक्तपुर  । सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीप लाइन छिट्टै संचालन हुने भएको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउन घ्याम्पेडाँडा रानीकोट गढी हावाघरबाट शुरु हुने जीप लाईन पाइलट बाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो ।

सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडा नयाँ गाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवर्द्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीप लाइनको प्रतिनिधिसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले गत शनिबार शिलान्यास  गर्नुभएकाे थियो ।

सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभराको ताप्लेजुङ्ग, रसुवाको गोसाइकुण्ड र अन्नपूर्ण बेसक्याम्प गएजस्तै अनुभव हुने उहाँले बताउनुभयो । यहाँको पदयात्रामा चितुवा, मृग, बँदेल, खरायो, कालिज लगायतका जंगली जनावर र पशुपंक्षीको अवलोकन गर्न सकिने उहाँको भनाइ छ । १ हजार ७४१ मिटरको उचाइमा पर्ने यस क्षेत्रबाट १७ वटा हिमश्रृंखला र उपत्यकाका तीन वटै शहरको दृश्यावलोकन गर्न सकिने बताउँदै अब घ्याम्पेडाँडा रानीकोट क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्ने सांसद बस्नेतले उल्लेख गर्नुभयो ।

उहाँले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र पर्यटकको आगमन बढाउन पदमार्गसहित प्याराग्लाइडिङ्ग, बन्जी जम्प, काँक्राबारी इको भिलेज, होमस्टे समेतको योजना अगाडि बढाएर काम शुरु गरिएकाे जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, समितिका संचालक यादव राई लगायतले घ्याम्पेडाँडा र रानीकोटको पर्यटन विकासमा सबै क्षेत्रबाट सहयोग र समन्वय हुने जानकारी दिनुभयो ।

घ्याम्पेडाँडा पर्यटन प्रवर्द्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको ५ करोड रुपैयाँको लागतमा जीप लाइन शुरु गर्न लागेको बताउँदै आगामी तीन महिनाभित्र संचालनमा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'