पीपीएलमा काठमाडौं विजयी

पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगितामा विराटनगरलाई हराउँदै काठमाडौँ विजयी भएको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको हो ।
टस जितेर व्याटिङ रोजेको काठमाडौंले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो ।