Logo बैशाख ३१, २०७८ शुक्रबार


नारायणी नदीमा चल्ने भो दुई तले पानी जहाज

परीक्षण सफल

चितवन । नारायणी नदीमा दुई तले पानी जहाज चल्ने भएको छ । पानी जहाजको नदीमा सफल परीक्षण गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट कम्पनीले निर्माण गरेको दुई सय २० यात्रु क्षमताको मिनी पानी जहाजको परीक्षण सफल भएको हो ।

जहाजलाई भरतपुर–१६ को काभ्रेघाटमा रहेको पोर्ट नजिकै २५ यात्रुसहित परीक्षण गरिएको थियो । परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

जहाजमा रङ लगाउन, टेबुल, कुर्सी राख्ने, बार र शौचालय बनाउने काम बाँकी छ । जहाजको ९० प्रतिशत काम पूरा भएकाले चाँडै नै निर्माण पूरा गरेर नियमित सञ्चालनमा ल्याउने कँडेलको भनाइ छ ।

१५ करोड रुपैयाँ लगानी गरेर बनाइएको साढे दुई तले क्रुजसीपमा २० जना कर्मचारीसहित दुई सय २० यात्रु सयर गर्न मिल्नेछ । एक सय फिट लम्बाई, २२ फिट चौडाई र २५ फिट उचाइको क्रुजसीपको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…