Logo आश्विन १५, २०७७ बिहीबार


विद्यार्थीलाई ६८ लाख छात्रवृत्ति

भक्तपुर । भक्तपुर नगरपालिकाले विद्यार्थीलाई ६८ लाख ४६ हजार ७८ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

नगरपालिकाबाट ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ विद्यार्थीलाई ४१ लाख २ हजार ७९५ र ख्वप कलेज अफ इञ्जिनियरिङका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० विद्यार्थीलाई २७ लाख २५ हजार २८३ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।