Logo कार्तिक १५, २०७७ शनिबार


राष्ट्रियसभाकाे मतदानस्थल तोकियो, सांसद बन्न चलखेल शुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने सदस्य चयनको लागि मतदान स्थल तोकेको छ । आउँदो माघ ९ गते हुने राष्ट्रियसभा  निर्वाचनको लागि आयोगले ७ वटै प्रदेशमा मतदानस्थल तोकेको हो ।

राष्टियसभा निर्वाचन नजिकिँदै गर्दा सांसद बन्न आकांक्षीले चलखेल शुरु गरेका छन् । फागुन देखि रिक्त हुने राष्ट्रियसभा सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्चश्व हुने स्थिति देखिएको छ ।

राष्ट्रियसभामा ५ सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ मतदाता छन् । स्थानीय तहमा विघटित एमालेको बहुमत थियो । माओवादी केन्द्र तेस्रो स्थानमा थियो । एमाले र माओवादी केन्द्रको एकतापछि प्रदेश २ बाहेक अन्य ठाउँको स्थानीय तहमा नेकपा बलियो अवस्थामा छ । प्रदेश २ को स्थानीय तहमा राष्ट्रिय जनता पार्टी (राजपा)को पक्कड छ । राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच तालमेलको सहमति भएको छ । राजपासँगको सहमतिपछि राष्ट्रियसभामा नेकपाकै पक्कड हुने स्थिति देखिएको छ ।

निर्वाचन आयोगले प्रदेश नम्बर १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ८४ गरी जम्मा ३ सय ६७ जना मतदाता छन् । प्रदेश २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय ७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ७२ गरी जम्मा ३ सय ७९ मतदाता छन् ।

प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ३८ गरी जम्मा ३ सय ४८ मतदाता छन् । गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ७० गरी २ सय ३० जनाले मतदान गर्नेछन् ।

प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता  छन् ।

कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ गरी १ सय ९८ जना मतदाता छन् ।

आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ । त्यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ सय ७६ गरी जम्मा २ सय २९ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।