काठमाडौं । प्रधानमन्त्री केर्पी ओलीले सरकारलाई असफल बनाउनु देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताउनुभएको छ ।
शनिबार प्रेस संगठनको कार्यक्रममा प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बनाउन देशविदेशका शक्ति लागेको प्रस्ट्याउनु भयो । ‘साधन स्रोत सम्पन्नहरुले साधन र स्रोतको प्रयोग गरेर र खासगरी विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोग गरेर त्यसमा लगानी गरी हमला गर्न खोज्छन्’ उहाँले भन्नुभयो, ‘साना उपलब्धिलाई ओझेल पार्ने र नभएका कुरालाई उचालने, सबै जनाले अन्तर वस्तु बुझ्न पाएको हुँदैन, त्यसकारण भ्रम फिजाएपछि त्यो भ्रमको असर परिराखेको हुन्छ ।’
प्रधानमन्त्रीले पछिल्लो घटनाक्रमलाई उल्लेख गर्दै गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गर्नुभयो । ‘पार्टीभित्रैबाट पनि सरकारलाई बदनाम गराउन प्रयास भइराखेको छ’ उहाँले भन्नुभयो, ‘‘गोकर्ण रिसोर्टको लिन अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाबाट मूल्यांकन गराएर कति त्यसका विधि तयार गरेर त्यस विधि अन्तर्गत यति हुँदो रहेछ भनेर, अवधि बाँकी रहँदै किन दिइयो ? भन्ने प्रश्न, अवधि बाँकी रहँदै किन दिनुपर्छ भन्ने, के त्यसलाई नचलाउने भन्न प¥यो कि अरु केही गर्न प¥यो जव कसैले लिज लिएको छ र उसले प्रगति गर्छ भन्छ र आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिजको रकम राम्रो तिर्छु भन्छ भने उसले नपाउने भन्ने कुरा होइन ।’
प्रधानमन्त्रीले सरकारले गरेका काममा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताउनुभयो । ‘पार्टी भित्रैपनि कविता बाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा काममा केही बोल्न नसक्नेहरु सक्रिय भइरहेका छन्, सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजना ल्याएकोले विरोधी सक्रिय भएका हुन्’ उहाँले भन्नुभयो – ‘‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भने उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भने उडाए, कति दयनीय अवस्था छ विरोधीहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन, नदीमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छ ।’
प्रधानमन्त्रीले राजनीतिक रुपमा थुप्रै उपलब्धि प्राप्त गरेको अवस्थामा अझैपनि सफलतालाई पराजित बनाउनु खतरनाक प्रयास भइराखेको उल्लेख गर्नुभयो । ‘हामीले राजनीतिक रुपमा थुप्रै उपलब्धि हासिल ग¥र्यौ’ उहाँले भन्नुभयो, ‘हाम्रै जीवनकालमा निरंकुस निर्दलीय पञ्चायती व्यवस्था ढलेको छ, निरंकुस राजतन्त्रात्मक प्रणालीलाई ढाल्यौं, हामीले जनतालाई वास्तवमा सार्वभौंम सत्ता सम्पनन बनाइएका छौं र अब हाम्रा अधिकार संविधानले सुनिश्चित पनि गरेको छ, संघीय लोकतान्त्रीक गणतन्त्त हाम्रो बाटो पनि निश्चित भएको छ अब हामीले एकतावद्ध भएर सही बाटोमा राष्ट्रनिर्माणको दिशामा अगाडि बढ्नेछ । जुन आजको आवश्यकता हो ।’
प्रधानमन्त्रीले पहिचानको नाममा सामाजिक सद्भाव खल्बल्याउन नहुने बताउनु भयो । ‘पहिचानको राजनीति भनेर जातजातमा लगाइदिने, भूगोल भूगोलमा लडाइदिने साम्प्रदायिक विद्रोहमा जनतालाई फसाइदिने देशलाई रुवाण्डा गराइदिने त्यस्ता प्रयासमा बबण्डर चल्यो , हामीले झण्डैझण्डै नेपाली भेनर विर्सने र नेपाली भनेर हामीलाई बिर्साउने प्रयास भए पहिले म फलाने जात त्यसपछि नेपाली भन्ने कुराहरु, जातजातका बीचमा ंिहंसा, तराई र मधेस, पहाड र मधेस, हिमाल र पहाड अनेक प्रकारका कुराहरु पनि उचालिए ।’
प्रधानमन्त्री ओलीले अव राजनीतिक स्थायित्व आएको अवस्थामा विकास निर्माणका गतिवधिले तीब्रता पाएको स्मरण गराउनु भयो । ‘फलाम खानी निकाल्ने, तेलको लागि सर्भे गर्ने लगायतका कामहरु भइराखेको छ’ उहाँले भन्नुभयो, ‘सरकार सिमेन्ट तथा फलाम निर्यात गर्ने, कृषिमा आधुनिकीकरण गर्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने दिशामा अगाडि बढिरहेको छ ।’