Logo फाल्गुन १८, २०७७ मंगलबार


चिनी मिलसँगको वक्यौता चुक्ता माग गर्दै उखु किसान धर्नामा

काठमाडाैं । सर्लाहीका उखु किसान केहीदिनदेखि चिनी मिलसँगको वक्यौता चुक्ता हुनुपर्ने माग गर्दै माइतीघरमा धर्नामा बसेका छन् । चिनी मिलले ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्ना बसेका हुन् ।

२०७० सालबाट उखुको वक्यौता  भुक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाइ छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भुक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । काठमाडौं आएपछि पुसको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसान केही दिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिल कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताइरहेका छन् ।

सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । तर चिनी मिलले भने किसालाई उखुको मूल्य मनोमानी रुपमा प्रतिक्वीन्टल ४ सय रुपैयाँ ४ सय ५० रुपैयाँसम्म मात्र दिने गरेको छ । किसानहरु सरकारले निर्धारण गरेका मूल्य अनुसार भुक्तानी नपाउँदा आनदोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।