Logo असार १, २०७८ मंगलबार


भ्रमण वर्षकाे शुभारम्भ बर्दियाबाट गरिने

काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारमा गरिने भएको छ ।

पुस १६ गते बिहान ११ बजे बर्दियाको ठाकुरद्वारमा औपचारिक कार्यक्रम गरी भ्रमण वर्षको शुभारम्भ गरिने भएको हो । त्यसअघि पुस १५ गते नेपालगञ्जबाट राति १२ बजे भ्रमण वर्षको घोषणा गर्ने र बाँके राष्ट्रिय निकुञ्ज परिसरबाट बाँकेको जंगल सफारीको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रम भव्य बनाउन आवश्यक तयारी गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघ संस्थासँग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषाभाषीकाे संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…