Logo मंसिर ११, २०७७ बिहीबार


ट्रिपर र ट्रकमा भ्रमण वर्षको लोगो

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को लोगो ट्रिपर तथा ट्रकमा समेत टाँसिएको छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिले २ सय भन्दा बढी ट्रिपर र ट्रकमा भ्रमण वर्षको लोगो तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय ट्रिपर तथा ट्रक दुर्घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारको नेतृत्वमा शुरु भएको भ्रमण वर्षलाई सफल बनाउन चालिएको कदम सराहनीय भएको बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर ३ का संयोजक धर्म रिमाल, समितिका अध्यक्ष रामकुमार चापागाईँ लगायतले देशभर रहेका सबै ट्रिपर तथा ट्रकमा भ्रमण वर्ष अंकित लोगो टाँसिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…