Logo बैशाख ३१, २०७८ शुक्रबार


भ्रमण वर्ष शुभारम्भ कार्यक्रम : पर्यटनमन्त्रीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम दशरथ रंगशालामा शुरु भएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, मुख्यसचिव र सुरक्षा निकाय प्रमुखसहित बिशिष्ठ व्यक्ति सहभागी हुनुहुन्छ ।

छिमेकी मुलुक भारत र चीनबाट मन्त्रीस्तरीय प्रतिनिधि सहभागी छन् । कार्यक्रम राष्ट्रपतिले शुभारम्भ गर्नुहुनेछ । प्रधानमन्त्रीले सम्बोधान गर्ने कार्यक्रम छ ।

मुलुकमा २० लाख पर्यटक भित्र्याउने र पर्यटकलाई अर्थतन्त्रको मुख्य अंगका रुपमा स्थापित गर्ने उदेश्यले नेपाल भ्रमण वर्ष २०२० तय गरिएको हो । सिंगो देश भ्रमण वर्षको आयोजक बनेको छ ।

एक वर्षको निरन्तर प्रयास र एक सय भन्दा बढी स्वदेशी तथा विदेशी निकायसँगको छलफल तथा सहकार्यपछि भ्रमण वर्ष शुभारम्भ तयारी पूरा भएको हो । पर्यटकलाई बिशेष अनुभव गराउन लाइफटाइम एक्सपेरेन्स’ भन्ने नारासहित भ्रमण वर्ष मनाइँदैछ । भ्रमण वर्षको लोगोसहित यस बीचमा थुप्रै कार्यक्रम भइसकेका छन् । भ्रमण वर्ष २०२० लाई मुलुकभर ‘राष्ट्रिय उत्सवको रुपमा मनाइँदैछ ।

https://45.77.241.73/janata-television-live-stream

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…