Logo असार १, २०७८ मंगलबार


भ्रमण वर्षको प्रचारका लागि पाँचथरको टोली ‘नेपाल यात्रा’ मा

छवि चापागाँई
पाँचथर । पाँचथरको एक टोली ‘नेपाल यात्रा’ का लागि निस्किएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार तथा मध्यपहाडी जिल्लाको समाजिक र आर्थिक अवस्थाको अध्ययन गर्न पाँचथरबाट एक टोली ‘नेपाल–यात्रा’ मा निस्किएको हो ।

मोटरसाइलमा ११ जनाको टोली भ्रमणमा निस्कीएको छ । नेपाल भारतको सिमानामा पर्ने पाँचथरको याङवरक गाँउपालिकाको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गसम्म मोटर साइकल यात्राका लागि पाँचथरबाट टोलि निस्किएको हो ।

भ्रमण वर्षको प्रचारसँगै पाँचथर र एक नम्बर प्रदेशका पर्यटकीय स्थलहरु घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई निम्तो दिने कार्यक्रम रहेको भ्रमण टोलीका सदस्य पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिनुभयो । भ्रमण वर्षको प्रचार गर्ने, समुदायलाई उत्साह जगाउने प्रमुख लक्ष्य रहेको यात्राका सहभागि तथा नेकपाका नेता हर्क नेम्बाङ मिक्सोले जानकारी दिनुभयो ।

नेता मिक्सोले भन्नुभयो, ‘मध्यपहाडी लोकमार्गको वारपार पहिलो पल्ट मोटरसाइकल भएर यात्रा गर्न लागेका छौँ । पर्यटन प्रवर्द्धनसँगै आर्थिक, समाजिक, भौतिकलगायतका अवस्थाको अध्ययन गर्ने छौँ’।

नेपालका २३ जिल्लाका २ सय १५ भन्दाबढी बस्ती छोएर झुलाघाट पुग्ने जानकारी दिइएको छ । मध्यपहाडी लोकमार्गका निर्माण अवस्थाको अध्ययन गर्ने, अन्य प्रदेशमा पाँचथरका साथै एक नम्बर प्रदेशका महत्पूर्ण पर्यटकिय गन्तव्यको जानकारी गराउने, प्रचार सामाग्री बाढ्ने, डकुमेन्टी निर्माण तथा पुस्तकसमेत प्रकाशन गर्ने लक्ष्य रहेको अर्का सहभागि जलकुमार तामाङले जानकारी दिनुभयो ।

१ हजार ७ सय ७६ किलोमीटर लामो मध्यपहाडी लोकमार्गले छुने सदरमुकाम र स्थानीय तहको केन्द्रहरुमा अन्तरक्रिया कार्यक्रमसमेत रहेको भ्रमण टोलीले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…