Logo बैशाख ३१, २०७८ शुक्रबार


भ्रमण वर्ष २०२० शुभारम्भ, राष्ट्रपतिबाट सम्बाेधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० काे औपचारिक शुभारम्भ गर्नुभएकाे छ । भव्य रूपमा शुभारम्भ भएकाे समाराेहमा राष्ट्रपति भण्डारीले सम्बाेधन गर्नुभएकाे छ ।

दशरथ रंगशालामा गरिएकाे शुभारम्भ समाराेहमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन देशका सबै निकाय तथा पर्यटन व्यवसायीसँग आग्रह गर्नुभयाे । गाैतम बुद्धकाे जन्मस्थान लुम्बिनी लगायत विभिन्न धार्मिक तथा विभिन्न स्थलमा पर्यटकलाई भ्रमण गराउनुपर्ने राष्ट्रपति भण्डारीकाे जाेड थियाे ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को बुधबारबाट औपचारिक शुभारम्भ भएको हाे । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले राष्ट्रगान बजाएका थिए ।

राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइएकाे थियाे । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड खेलेका थिए । स्वागत मन्तव्य राख्दै पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउन पूर्वाधार निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उद्घाटन समारोहमा स्वदेशी तथा विदेशी आमन्त्रित गरी १२ हजारको सहभागिता रहेकाे छ । सरकारले सजावट र आवश्यक व्यवस्थापनका लागि मात्रै दुई अर्ब खर्च गरेको जनाइएकाे छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, मुख्यसचिव र सुरक्षा निकाय प्रमुखसहित विशिष्ठ व्यक्ति सहभागी हुनुहुन्छ । छिमेकी मुलुक भारत र चीनबाट मन्त्री स्तरीय प्रतिनिधि सहभागी भएका छन् ।  कार्यक्रममा विशिष्ठ व्यक्तिहरूकाे सम्बाेधन तथा विभिन्न सांस्कृतिक कार्यक्रम जारी छ ।

मुलुकमा २० लाख पर्यटक भित्र्याउने र पर्यटकलाई अर्थतन्त्रको मुख्य अंगका रुपमा स्थापित गर्ने उदेश्यले नेपाल भ्रमण वर्ष २०२० तय गरिएको हो । सिंगो देश भ्रमण वर्षको आयोजक बनेको छ ।

एक वर्षको निरन्तर प्रयास र एक सय भन्दा बढी स्वदेशी तथा विदेशी निकायसँगको छलफल तथा सहकार्यपछि भ्रमण वर्ष शुभारम्भ तयारी पूरा भएको हो । पर्यटकलाई बिशेष अनुभव गराउन लाइफटाइम एक्सपेरेन्स’ भन्ने नारासहित भ्रमण वर्ष मनाइँदैछ । भ्रमण वर्षको लोगोसहित यस बीचमा थुप्रै कार्यक्रम भइसकेका छन् । भ्रमण वर्ष २०२० लाई मुलुकभर ‘राष्ट्रिय उत्सवको रुपमा मनाइँदैछ ।

https://45.77.241.73/janata-television-live-stream

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…