Logo मंसिर ९, २०७७ मंगलबार


‘दश हजार कांग्रेस मध्येको एक नेता बीपी कोइराला’

काठमाडाैं । नेकपा मालेका महासचिव सीपी मैनालीले मेलमिलापको माध्यमबाट देशलाई एकतावद्ध राख्न सफल दश हजार कांग्रेस मध्येको एक नेता बीपी कोइराला रहेको बताउनुभएको छ ।

४४औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता मैनालीले दलहरुका गलत मनसायका कारण संविधान संशोधन बहसमा जान नसकेको समेत बताउनुभयो । डेमोक्रेटिक बिधिले जनताको हक, अधिकार र देश नै सिध्याएको कारण मुलुकको विकासले गति लिन नसकेको नेता मैनालीको भनाइ थियो ।

कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले राजनीतिमा मूल्य र पद मात्र खोजिँदा ६२ लाख युवा वेरोजगारीको पीडामा रहेको बताउनुभयो । हरेक दिन चेलिबेटी हिंसामा परिरहँदा पनि लोकतन्त्रका लागि भन्दै मारामार गरिरहनु परेको डा. केसीको भनाइ छ । आजसम्म देशले धेरै कुरा गुमायो अब देश गुमाउनबाट बचाउनु अहिले आवश्यकता रहेको डा. केसीले बताउनु भयो ।

पत्रकार देव प्रकास त्रिपाठीले नेपालको सन्दर्भमा नेपाली राष्ट्रियता, राजनीतिक एकता र प्रजातन्त्रका लागि बीपीको विचार सान्दर्भिक रहेको बताउनुभयो ।

कार्यक्रममा बीपीका योगदनबारे चर्चा गरिएको थियो

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।