पहिला डाक्टर, अहिले एक्टर

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले कलाकारिता क्षेत्रमा मानिसको रुचि बढेको बताउनुभएको छ । बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा बोल्दै आचार्यले पहिले सन्तानलाई डाक्टर बनाउछु भन्थे भने अहिले कलाकार, डाइरेक्टर पनि भन्न थालेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पहिले पहिले अभिभावकले तपाईको छोराछोरीलाई के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजभोलि एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्न थाल्नुभएको छ’ ।

आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको उल्लेख गर्नुभएको छ । नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने भन्दै उहाँले नेपालमा कलाकारिता गरेर पनि बाँच्ने आधार तय भइसकेको धारणा राख्नुभयो ।

विद्यालयका प्रधानाध्यापक कुमार थापाले प्रस्तुत नाटकले सबैसँग मिलेर बस्न, प्रकृतिमा भएका सबैलाई माया गर्न सन्देश प्रदान गर्ने जनाउनुभयो । उहाँले नाटकबाट विद्यार्थीमा मिलेर काम गरे जे पनि गर्न सकिने रहेछ भन्ने भावनाको विकास हुने धारणा राख्नुभयो ।

विद्यासदनको वार्षिक कार्यक्रम नाट्यमणि अन्तरगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरिएको छ । ‘द ह्याप्पी प्रिन्स’ जेन्नी सुनुवारले निर्देशन गर्नुभएको नाटक हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…