‘राष्ट्रिय पहिचान जोगाऔँ, नेपाली हुनुको दात्यिव पूरा गरौँ’

उमा अधिकारी
नेपाल एक ऐतिहासिक, बहुभाषिक, बहुधार्मिक र बहुजातिको साझा फुलबारी हो । साथै सार्वभौमसत्ता सम्पन्न एक ऐतिहासिक पहिचान बोकेको राष्ट्र पनि हो । नेपालको इतिहासमा, कला, संस्कृति तथा पहिचानले छुट्टै महत्व बोकेको छ ।

पुर्खौदेखि राष्ट्रिय पोशाकको रुपमा रहेको दौरा, सुरुवाल, टोपी तथा गुन्यौचोलीलाई २०६८ सालमा सरकारले हटायो र नेपालभित्र रहेका सम्पूर्ण जातजातिले लगाउने पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दियो । तर औपचारिक राष्ट्रिय पोशाक कुन हो भनेर तोकिएको थिएन । सम्पूर्ण नेपालीहरुको पहिचान गर्ने औपचारिक राष्ट्रिय पोशाक तोकिनु पर्छ, सम्पूर्ण जातीय पोशाकको संरक्षण र प्रवर्द्धन लागि पोशाक संग्रहालयनै हुनुपर्छ ।

पहिचान भन्ने बित्तिकै हरेक देशको मौलिकता, संस्कृति तथा भाषालाई र त्यस देशको झण्डालाई प्रतिनिधित्व गर्दछ । त्यस्तै नेपाली पहिचान बोकेको पोशाक हो दौरा, सुरुवाल, टोपी र गुन्युचोली । पाश्चात्य संस्कारका देशहरू नेपालको कला, सभ्यता र परम्पराको पारखी भएको बताउने गरेको पाइन्छ, जो पर्यटन प्रवर्द्धनका एक हिस्सा बनिसकेको छ । त्यस कारण दौरा, सुरुवाल र टोपीको संरक्षण गर्नु हरेक नेपालीको दायित्व र कर्तव्य पनि हो । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य हरेक वर्ष पुस १७ गतेका दिन यो दिवस मनाउन थालिएको हो । देशको शान्त र सम्मानको प्रतिक भएकाले यसलाई हामीले सदैव गर्व गनुपर्छ ।

कुनैबेला नेपाल र नेपालीको गर्वको विषय थियो, राष्ट्रिय पोशाक दौरा, सुरुवाल, ढाका टोपी र गुन्यूचोली । तर, २०६२/०६३ सालको जनआन्दोलनपछि गणतान्त्रिक भएको नेपालमा केही यस्ता निर्णयहरु भए, जसले देशमा पहिचानलाई नै भत्काइदियो र नयाँ पहिचानको स्थापना गर्न सकेन । जसको कारण अहिलेसम्म पनि राष्ट्रिय पोशाकलाई महत्व दिन सकेको छैन । परिवर्तनलाई संस्थागत गर्ने नाममा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राष्ट्रिय पोसाकलाई खारेज गरिदिनुभएको थियो । जसको अभाव खड्किएको महशुस गरी केही युवाहरु अभावपुर्तिका लागि राष्ट्रिय पोशाक दिवस मनाउन शुरु गरे । जसका प्रभावले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष राष्ट्रिय पोशाकको रुपमा दौरा, सुरुवाल र गुन्युचोलीलाई पुनः कायम गराउनुभएको छ । नेपाली पहिचान विश्वमाझ निरन्तर कायम राख्नका लागि युवाहरुले यस वर्ष पनि राष्ट्रिय पोशाक दिवस मनाएका छन् ।

हामी नेपालमा छौँ र नेपाली भएर हरेक जाती, भाषा, धर्म, संस्कृति, रहनसहन, भेषभुषाको सदैव सम्मान गनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…