बसभित्रै जुवा, १० जना प्रहरी फन्दामा

फाइल फाेटाे
भक्तपुर । बसभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीस्थित बा.२ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा बिहीबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले ३० वर्षीय गोपी कुंवरलगायत १० जनालाई १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।