नयाँ वर्षको जालझेल

कविता

के बदलियो खै हिजोभन्दा आज ?
खै के नयाँ बोकेर आयो आजको घामले ?
बच्चाबच्चीहरू खुशीले उफ्रदै छन्
उनीहरूलाई थाहा छैन्
अभिभावकहरूको टाँट पल्टेको गोजी ।

शासकहरू चुटकिला सुनाउन व्यस्त छन्
आज थप एउटा नयाँ चुडकिला सुनिएला

पहिरो मुनिको बस्तीजस्तै
भविष्य आतंकले त्राहिमाम छन् जनता ।

डुब्दै उत्रँदै र बग्दै गरेको अवस्था झैं
त्यान्द्रो भेट्ने आशामा मरेको छैन मान्छे
त्यो त्यान्द्रो अझै कतै देखिएको छैन
त्यो भूमरी नजिक पुगेको मान्छेलाई
कुन मुखले दिऊँ नयाँ वर्षको शुभकामना ?

एउटा बलात्कारी फेला पार्न समेत नसकी
लाजले मुख छोपेर भाग्यो उन्नाइस
ठीक एक वर्षपछि
यो बीसको हालत पनि त्यस्तै हुनेछ ।

बच्चाहरूका ओठबाट वेपत्ता खुशी
शासकका दराजमा बन्दी छ अझै
हरेक साँझ बस्तीहरूबाट खुशी हराउँछ
र शासकका आँगनमा पुग्छ
यो जघन्य परम्परा हराएको छैन ।

झन् – झन् ख्याउटे बन्दैछ, हाम्रो गौरव
विदेशीका जुत्ताहरू
बुरुसको सट्टा जिब्राले पुछ्दैछन् शासक
र त्यहीँ सुतीखेती गरेर
सत्ताको आयु बढाउन व्यस्त छन् ती ।

ऐलेसम्म एउटा पनि यस्तो समाचार पढिएन
जसले अनुहारको घना बादल फाटोस्
अझ उल्टै देशले शोकबारेको खबर लिएर
बिहानै आइपुग्छन् अखबारहरू ।

यो नवजात शिशुको
असमायिक निधनको पीडामय समयमा
कसरी मंगल धुन बजाउनु र खै ?

नयाँ वर्षको आगमनको नाममा
पक्कै कोही खेलिरहेको छ हाम्रो भावनासँग
कसैले झेल गरिरहेछ महाजनसँग मिलेर
हाम्रो गोजी टक्टक्याउन आएको यो दिनलाई
खै कसरी प्रेमले सम्बोधन गरौं ?

यो एक थान पात्रो बदल्ने मात्र घटना
कदापि नयाँ वर्ष हुन सक्दैन
अहँ सक्दै, सक्दैन ।

मलाई माफ गर नानी बाबुहरू
यो जालझेल हो हामीमाथि
यो कुनै नयाँ वर्ष होइन ।

बलराम तिमिल्सीना, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…