कीर्तिपुर रंगमञ्चमा ‘जामुनको रुख’

काठमाडौं । कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन शरु भएको छ । शुक्रबारबाट शुरु भएको ‘जामुनको रुख’ नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन शुरु भएको हो ।

कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ । ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक, राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयतालगायतका कुरा नाटकमा समेटिएका छन् ।

गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो । यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटक मञ्चन भएपनि नियमित भने ‘जामुनको रुख’बाट भएको हो ।

नाटक माघ ४ गतेसम्म प्रत्येक दिन बेलुकी साढे चार बजे र शनिबार दिउँसो दुइ बजे मञ्चन हुनेछ । ‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमूना परीक्षण शुरु गरेको छ । काठमाडौंसहित धरान, हेटौंडा,…

काठमाडौं । लकडाउनको बेला उपभोक्तालाई सजिलो र सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले तरकारी किनबेच गर्ने स्थान तोकेको छ । लकडाउनको कारण…

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेकाे  छ । मन्त्रिपरिषदकाे सोमबारको बैठकले अधिकारीलाई १७ औ गभर्नर…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सजकता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि लम्बिएको छ । सरकारले लकडाउन तेस्रो पटक लम्ब्याएर…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताउनुभएको छ…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि थपिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले…