मध्यपूर्वमा जारी तनावप्रति जापानकाे गहिरो चिन्ता

जापान । प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
वासिङ्टन र तेहरानबीचको सम्बन्ध सुधार्नका लागि मध्यस्त कर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले साेमबार गहिरो चिन्ता व्यक्त गर्नुभएको हो ।
इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ । उहाँले तनाव न्यूनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताउनु भएको छ । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्बन्धलाई सन्तुलित अवस्थामा राखेका छन् ।
तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गर्नुभएको थियो ।