रुपक कुलालकाठमाडौं । के अमेरिका तेस्रो विश्व युद्धको तयारी गर्दैछ ? किन अमेरिका यस्तो गर्दैछ कि, संसार दुई चिरा भएको छ । अमेरिकाले ठीक ग¥यो भन्ने जति छन्, बेठीक गर्यो भन्ने पनि त्यति नै छन् । युद्ध समाप्त गर्न आक्रमण हुन सक्छ ? या युद्धमार्फत शक्ति आर्जन गरेर अमेरिका मस्त निदाउन चाहन्छ ? उसको मक्सद के हो ? यही प्रश्नले संसारमा बहस सिर्जना गरेको छ कि, एउटा शक्ति राष्ट्रको व्यवहारले अरु थुप्रै शक्ति राष्ट्रहरुले शक्ति सञ्चय गर्ने मौका पाएका छन् । विश्व बजारमा आफूलाई बजारीकरणको अवसर पाएका छन् । अमेरिकासँग आमनेसामने हुने रहरका पुलिन्दाहरु फालिएका छन् । प्रसंग हो, १८ पुस अर्थात जनवरी ३ मा भयानक युद्धको झल्को दिने गरी भएको हमलाको । अमेरिकाले इराकको राजधानी बग्दादमा हवाई आक्रमण गर्याे र आक्रमणमा मारिए इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानी । आक्रमण एउटा देशमा । मारिए अर्का देशका कमाण्डर । इरानको विदेशमा हुने सैन्य अभियानमा परिणाम दिने कमाण्डर थिए सुलेमानी । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीपछि सुलेमानी दोस्रो महत्वपूर्ण व्यक्ति हुन् । मारिएका तिनै तिनै कमाण्डर सुलेमानी हुन् । तर यो घटनाले भनिरहेको छ : तेल र पानीका लागि तेस्रो विश्वयुद्ध हुन सक्छ भन्नेहरुको वाणी पूरा हुन्छ कि, नेपालजस्तो साना देशहरु मारमा पर्छन् कि ?
तेस्रो विश्वयुद्धको बादल मडारिएकै हो त ?१८ पुस अर्थात जनवरी ३ मा भयानक युद्धको झल्को दिने गरी अमेरिकाले इराकको राजधानी बग्दादमा हवाई आक्रमण ग¥यो । अमेरिकाको निशानामा थिए इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानी । सुलेमानी इरानका बहुचर्चित कुर्दुस फोर्सका प्रमुख थिए । यो फोर्स इरानद्वारा विदेशमा हुने अन्य सैन्य अभियानलाई परिणाम दिने कामका लागि प्रयोग गरिन्छ । सुलेमानी एक जासुसी अधिकारी र सैन्य अधिकारी भएकाले इरानका लागि खास व्यक्तित्व मानिन्थे । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीपछि सुलेमानीलाई इरानका दोस्रो महत्वपूर्ण व्यक्तिका रूपमा हेरिन्थ्यो । तिनै कमाण्डर सुलेमानीको अमेरिकी आक्रमणमा मारिए । इराकको बगदाद एयरपोर्ट बाहिर जनवरी ३ मा इरानका सैन्य कमान्डर सुलेमानी मारिए । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई राष्ट्रपतिको आदेशमा मारिएको प्रतिक्रिया दिएको थियो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार, सुलेमानीलाई मारेर इरानी भावी आक्रमण योजना कमजोर बनाउन लक्षित भएको दाबी गरेको थियो । अमेरिकी आक्रमणमा सुलेमानीसहित इराकी उच्च सैन्य अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
सर्वोच्च कमाण्डर मारिएपछि इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले अमेरिकी आक्रमणका जिम्मेवार अपराधीसँग बदला लिइने चेतावनी दिएका छन् । सुलेमानीको मृत्युपछि अमेरिका र इजराइलविरुद्ध पूर्ण क्षमताका साथ लड्ने उनको प्रतिक्रिया छ । उता, इराकका कमान्डर अबु महदी अल–मुहादिशको पनि मृत्यु भएपछि शोक मनाइ रहेको छ । इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्देलले अमेरिकालाई विनाशकारी युद्धको सुरुवात गरेको आरोप लगाएका छन् ।
उता, अमेरिकाले इरानको धम्कीपछि अमेरिकाले मध्यपूर्वका लागि तीन हजार थप अमेरिकी सैनिक पठाएको छ । यसका साथै अमेरिकाले इराकमा बस्ने आफ्ना नागरिकलाई छिटो बाहिर निस्किन आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनै पनि अमेरिकी नागरिक अथवा सम्पत्तिमाथि आक्रमण गरे उसमाथि छिट्टै खतरनाक आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको ५२ ठाउँलाई निशानामा राखेको दाबी गरेका छन् । पछिल्लो सयम अमेरिकी आक्रमणपछि तेस्रो विश्वयुद्धको त्रास विश्वभर फैलिएको छ ।
अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छअमेरिकी हवाई कारबाहीको जवाफ दिँदै इरानले अमेरिकालाई आतंकवादी भनेको छ र चेतावनी दिएको छ: ठूलो मूल्य चुकाउनु पर्ने छ । इरानको प्रतिक्रियाले स्पष्ट पारेको छ कि अमेरिकासँग बदला लिइन्छ । विश्वकै चौथो ठूलो तेल भण्डार र मध्यपूर्वको रणनीतिक भौगोलिक अवस्थितिका कारण इरानले बढाइरहेको सैनिक र क्षेत्रीय प्रभुत्वबाट आफ्नो स्वार्थ गुम्ने चिन्ता अमेरिकालाई छ । यदि अमेरिका र इरानबीच युद्ध भए यसको असर इराक, सिरिया, लेबनान र अफगानिस्तानमा प्रत्यक्ष असर पर्नेछ भने यसले विश्वभर असर पु¥याउने छ । अमेरिका र इरानको टकरापबारे विश्व दुइ धुव्रमा विभाजित भएको छ ।
साउदी अरब, इजरायल, लेबनानलगायतका देश अमेरिकाका पक्षमा देखिन्छन् भने विश्व महाशक्ति चीन र रुस इरानका पक्षमा देखिएका छन् । चीन, रूस र सिरियाले जनवरी ३ मा अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुने गरी इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने युरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशील बन्न आग्रह गरेको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोसँग गरेको फोनवार्तामा भनेको कुरालाई उद्धृत गर्दै रूसी समाचार संस्था स्पुटनिकले लेखेको छ, ‘हामीले बग्दादमा अमेरिकी हवाई आक्रमणमा भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा तनाव थप बढाउने देखेका छौँ । रुसले पहिलेदेखि नै इरानलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ ।’ अमेरिकी आक्रमणलाई रूसले गैरजिम्मेवारपूर्ण कदम भन्दै यसले मध्यपूर्वमा तनाव बढाएको जनाएको छ । मस्कोले इरानी जनरलको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुवाङले चीनले यस घटनालाई निरन्तर हेरिरहेको बताएका छन् ।
त्यस्तै, फ्रान्सका राष्ट्रपति म्याक्रोले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनाव रोक्न सबैले पहल गर्नुपर्ने बताएका छन् । विश्व राजनीतिमा देखिएको उथलपुथल, अमेरिका र इरानबीचको टकरावका कारण तेस्रो विश्वयुद्धको कालो बादल मडारिइरहेको छ । विश्वभर शान्ति चाहने मुलुक चिन्तित बनेका छन् । एजेन्सीहरुलाई आधार मान्ने हो भने अमेरिका र इरानबीच युद्ध भए पश्चिम एसिया नै युद्धमा होमिने छ । र, पश्चिम एसियामा हुने हरेक द्वन्द्वको असर नेपालजस्तो मुलुकमाथि पनि पर्नेछ ।
लाखौँ नेपाली साउदी, ओमान, कतार, युएइ जस्ता देशमा कार्यरत छन् । युद्धको स्थितिमा उनीहरूको ज्यान पनि जोखिममा पर्न सक्छ । युद्ध धेरै समय चले उनीहरू नेपाल फर्किन बाध्य हुनेछन् । त्यसपछि नेपालमा उनीहरुले सजिलै रोजगारी पाउने छैनन् । यसका कारण नेपाल भित्रिने रेमिट्यान्समा ठूलो धक्का पर्नेछ र रेमिट्यान्समा आधारित अर्थतन्त्रमा संकट देखिनेछ । अमेरिका र इरानबीच युद्ध भए यी दुई देशले मात्र नभएर संसारले नै ठूलो मूल्य चुकाउनु पर्ने अर्थात् विश्वले भयानक युद्ध सामना गर्नुपर्ने देखिन्छ ।
आर्थिक मन्दी छाउने, महंगी बढ्ने संकेतअमेरिका र इरानबीच उत्पन्न युद्धमय परिस्थितिले मध्यपूर्व लगायत दक्षिण एसियालाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । खाडी मुलुकको तेल भण्डारमा निर्भर एसियाको यातायात र उर्जा आपूर्ति प्रणालीमा असर परेको छ । इन्धनको मूल्य वृद्धि हुन थालेको छ । इन्धनको मूल्य वृद्धिले धेरै वस्तुको मूल्य रेखालाई उकालो लगाउने छ । एसियाली मुलुकहरु आर्थिक मन्दीको चपेटामा पहिल्यैदेखि छन् । अमेरिका र इरानबीचको तनाव बढदै जाँदा आर्थिक गतिविधि झन् संकुचित हुनेछ । खुम्चिने आर्थिक कारोवारले थप आर्थिक मन्दी निम्त्याउने छ । जुन मध्यपूर्व लगायत दक्षिण एसियाका जनसंख्याले सामूहिक मार खेप्नु पर्नेछ ।
महंगी वृद्धिले सीमान्तिकृत वर्गको जीविकोपार्जन संकटमा पर्नेछ । सह्रसताब्दी विकास लक्ष्य पनि प्रभावित हुने छ । अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्र दर्जामा उक्लिन प्रयत्नरत राष्ट्रहरुको अभियानमा धक्का लाग्नेछ । स्वयं अमेरिकाले प्रदान गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन सहयोग प्रभावित हुने छ । अमेरिका र इरान आमने सामनेको स्थितिले असंलग्न आन्दोलनका हिमायति राष्ट्रहरुलाई आफ्नो टठस्थता जोगाउन निकै मुस्किल हुनेछ । युद्धको विभिषिकाले असंलग्न परराष्ट्र नीतिको धज्जी उडाउने छ । ध्रुविकरण प्रकृया तीव्र हुने र तनावमा मुछिन नचाहनेहरुलाई पनि पक्षपाती हुन कर लाग्ने स्थिति निम्तिन सक्छ ।
मानवताका लागि विकास र आपसी सहयोग हुनु पर्ने स्थानमा ध्रुविकरणका आधारमा विकास र सहयोग लिने परिपाटी शुरु हुनेछ । आर्थिक विकासको सम्भावना न्यून भएर जानेछ । मध्यपूर्व लगायत दक्षिण एसियाको कूटनीतिक मानक फेरिने छ । केन्द्रविन्दुमा मानवता, आपसी सहकार्य, विनिर्माणको स्थानमा पक्ष विपक्ष तथा ध्वंसको मनोविज्ञान विकसित हुनेछ ।
समाधान हिंसाबाट होइन, शान्तिबाट खोजौँविश्वकै चौथो ठूलो तेल भण्डार भएको देश हो इरान । मध्यपूर्वको रणनीतिक भौगोलिक अवस्थितिका कारण इरानले बढाइरहेको सैनिक र क्षेत्रीय प्रभुत्वबाट संसार प्रभावित छ र आफ्नो स्वार्थ पूरा नहुने हो कि भन्ने चिन्ताले इन्तु न चिन्तु छ अमेरिका । यसैले उसले इराकमा रहेका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई सुलीमा चढाउने निर्णय ग¥यो । यो निर्णयको इरानले खुलेर प्रतिवाद मात्र गरेन । चीन र रुसजस्ता ठूला शक्ति राष्ट्रहरुले प्रतिक्रिया दिएको छ कि, यसले मध्यपूर्वमा कुनै असर नपरोस् । यदि अमेरिका र इरानबीच युद्ध नै भए यसको असर इरानमा मात्र पर्दैन । इराक, सिरिया, लेबनान र अफगानिस्तानमा पनि पर्छ । त्यतिमात्र होइन, पश्चिम एसियामा हुने हरेक द्वन्द्वको असर नेपालले भोग्नै पर्छ कुनै न कुनै रुपमा । यतिखेर लाखौँ नेपाली साउदी, ओमान, कतार, युएइमा रोजगार छन् । युद्ध भए नेपालीको ज्यान पनि जोखिममा पर्न सक्छ । धेरै समय युद्ध चलिरहे स्वदेश फर्कन बाध्य हुनेछन् । नेपालमा सजिलै रोजगारी पाउन कठिन छ । नेपाल भित्रिने रेमिट्यान्समा असर पर्नेछ । रेमिट्यान्समा आधारित नेपालजस्तो देशको अर्थतन्त्रमा संकट आउनेछ । त्यसैले हामीजस्ता प्रत्यक्ष असर नपरे पनि दीर्घकालमा अनिकाल लाग्ने गरी समस्या निम्तन सक्ने भएकाले हामी युद्धका पक्षमा लाग्न सक्दैनौँ । शान्तिपूर्ण समाधानका लागि अपिल मात्र गर्न सक्छौँ । न हामीसँग लड्ने फौज छ न त युद्धमा बेच्न हतियार नै । त्यसैले शान्ति रोजौँ ।
https://www.facebook.com/janatasamachar/videos/641181493288420/?t=1