Logo आश्विन १५, २०७७ बिहीबार


सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । देशका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र दोलखामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

कपिलवस्तु बाणगंगा नगरपालिका–११ देउपारमा मंगलबार दिउँसो लु.१ च ९६२८ नम्बरको जिपले लु.१३ प १२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकल चालक २८ वर्षीय कृष्ण थारुको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका–३ मा ना.६ त १८१३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ मंगलबार राति दुर्घटना हुँदा २२ वर्षीय यमराज मगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चालक मगरको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।