गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
१.पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ ।
२.बदलीका कारण काठमाडौंसहित देशभरका अधिकांश ठाउँको न्यूनतम तापक्रम घट्दा जनजीवन प्रभावित ।
३.अत्याधिक चिसो बढ्ने हुँदा बालबालिका र बृद्धबृद्धाको विशेष ख्याल गर्न पनि महाशाखाको आग्रह ।
४.उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना ।
५.शुक्रबारदेखि मौसममा सुधार आउन सक्ने जल तथा मौमस पूर्वानुमान महाशाखाको अनुमान ।
६.भारी हिमपातपछि लगातार भइरहेको वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित ।
७.अत्याधिक चिसोको बढेपछि डडेल्धुरामा प्रहरीद्वारा ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था ।
८.अमरगढी नगरपालिकाको तुफानडाँडामा र रातोगुना चोकमा प्रहरीले आगोको व्यवस्था ।
९.जाडोका कारण सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएकाले केन्द्रीय नीति अनुसार ठाउँ–ठाउँमा आगो बालिएको प्रहरीद्वारा जानकारी ।
१०.जाडो अवधिभर डडेल्धुराका विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालय डडेलधुराको भनाइ ।
११.चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप ।
१२.प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँद्वारा पत्रकार सम्मेलन गरी गिरीले बीस करोड घुस मागेको खुलासा ।
१३.झापाको धाइजनस्थित बी एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिने क्रममा गिरीले रकम मागेको प्रसाईँको दाबी ।
१४.सम्बन्धनका लागि पटक–पटक निवेदन लिएर जाँदा गिरीले दर्ता गर्न अस्वीकार गरेको प्रसाईँको जिकिर ।
१५.शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठ समेतको नाम लिएर घुस मागेको प्रसाईँको दाबी ।
१६.२० करोड दिन अस्वीकार गरेपछि झापामा रहेका सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन समेत गिरीले प्रस्ताव गरेको प्रसाईँको भनाइ ।
१७.वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफुले घुस मागेको आरोपको पुस्ट्याई गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको चुनौती ।
१८.आफुनो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताउनु गिरीको भनाइ ।
१९.आफुमाथि लगाएको आरोप कपोलकल्पित र भ्रामक भएको गिरीको दाबी ।
२०.आफू १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको जिकिर ।
२१.विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको गिरीको प्रष्टोक्ति ।
२२.नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहमा काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरु पार्टी सभापति शेरबहादुर देउवाले आयोजना गर्ने भोजमा सहभागी हुने ।
२३.सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई भोजका लागि बोलाउनुभएको काभ्रेका जिल्ला सभापति मधु आचार्यद्वारा जानकारी ।
२४.सोमबारबाट सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको पनि आचार्यको भनाइ ।
२५.भोजमा जिल्ला सभापतिहरुले आ–आफ्नो सुझाव लिखित रुपमा सभापति र वरिष्ठ नेतालगायतलाई बुझाउने कार्यक्रम तय भएको जानकारी ।
२६.मुलुकमा गणतन्त्र आएको १२ वर्ष भइसक्दा पनि अर्धभूमिगत अवस्थामै रहनु भएका वामपन्थी नेता मोहनविक्रम सिंह काठमाडौंबाट सार्वजनिक ।
२७.मुलुकमा जनताको जनजिविका, राष्ट्रियता र स्वाभिमान जोगाउनका लागि आफू सार्वजनिक भएको नेता सिंहको भनाइ ।
२८.आफू सार्वजनिक भएपनि कम्युनिष्ट आन्दोलनको सफलता पूरा नभइसकेकाले पार्टी भने अझै भूमिगत नै रहने जानकारी।
२९.वर्तमान सरकारले गणतन्त्र, धर्मनिरपेक्षताका विषयमा उचित अडान लिएको भएपनि संघीयता र वैदेशिक हस्तक्षेपविरुद्ध कार्य गर्न नसकेको सिंहको गुनासो ।
३०.दुई हजार पचासी सालसम्म सबै नेपाली साक्षर हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको भनाइ ।
३१.शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्दिसँग जोड्ने सरकारको लक्ष्य रहेको जानकारी ।
३२.राजनीतिक संक्रमण समाप्त भए पनि कानुनी र प्रशासनिक संक्रमण यथावत रहेकाले शिक्षाको गुणात्मक विकासमा ढिलो भएको स्वीकार ।
३३.सरकारको लक्ष्य सफल बनाउन प्राविधिक विश्वविद्यालयमा जोडसँगै भएका विश्वविद्यालय सुधारका लागि ऐन कानून निर्माण भइरहेको भनाइ ।
३४.जनतालाई गुमराहमा राखेर लोकतन्त्रलाई अगाडि बढाउन नसकिने राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको भनाइ ।
३५.सूचनाको हकको पुर्ण प्रत्याभुतिमा प्रतिवद्ध हुन सरकारलाई सुझाव ।
३६.आयोगको ५ बर्षे पदावधि सकिदै गर्दा बुधबार राजधानीमा आयोजित कार्यक्रममार्फतसरकारले गरेका सबै कामकारवाही पारदर्शी बनाउन पनि बास्कोटाद्वारा आग्रह ।
३७.सूचनाको हकका सम्बन्धमा नेपालको संविधानमा नै अपूरो व्यवस्था गरिएको दाबी गर्दै बास्कोटाद्वारा नागरिकको मौलिक हकलाई कुठाराघात हुने गरि कानून बनाईएको आरोप ।
३८.सबै मन्त्रीलाई आफ्ना कामकारवाहीमा प्रचारमुखी हुन र सबै मन्त्रालयमा प्रचारमुखी सचिव सहसचिव नियुक्त गरेर देखाउन समेत चुनौति ।
३९.आयोगका प्रतिवेदनमाथि छलफल नगरी थन्क्याउने काम भएको भन्दै त्यस कार्यमा कार्यपालिका र व्यस्थापिका दोषी रहेको बास्कोटाको टिप्पणी ।४०.नेपालको पुरानो पर्यटकीय संगठन नाट्टाले माघ ३ गते अर्थात् जनवरी १७ तारिखका दिन नयाँ नेतृत्व पाउँदै ।
४१.दुई वर्षे नयाँ कार्यकालका लागि तीन समूहको प्रतिष्पर्धा हुने ।
४२.तीनै समूहद्वारा नाट्टा सचिवालयमा आफ्नो मनोनयन दर्ता ।
४३.रुपन्देही जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या ।
४४.१ सय ५० कैदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा हाल ४ सय २९ जना कैदीबन्दी राख्दिा समस्या बढ्दो ।
४५.१ सय ३३ जना लागूऔषध मुद्वाका बन्दी रहेको कारागार प्रशासनद्वारा जानकारी ।
४६.१ बिगाहा ७ कट्ठा क्षेत्रफलमा फैलिएको कारागारको भौतिक अवस्था पनि जीर्ण हुँदा कैदीबन्दी राख्न समेत जोखिम ।
४७.तत्कालीन माओवादीले पहिलोपटक आक्रमण गरी सशस्त्र जनयुद्धको घोषणा गरेको दिनको स्मरणमा रुन्टीगढी गाउँपालिकाद्वारा राष्ट्रिय मिडिया शान्ति सम्मेलन गर्दै ।
४८.दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा मृत्यु हुनेहरुको सम्मानमा होलेरीमा निर्माण गरिएको शान्ति स्मारकस्थलमा सम्मेलन हुन लागेको गाउँपालिकाद्वारा जानकारी ।
४९.पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको रुन्टीगढी क्षेत्रलाई गुरुयोजना निर्माण गरेर गाउँपालिकाद्वारा विकासको अवधारणा समेत बढायो अगाडि ।
५०.राष्ट्रिय मिडिया शान्ति सम्मेलनले दशवर्षे जनयुद्ध, शान्ति प्रक्रिया, पर्यटन तथा समग्र विकासको अवस्थाका बारेमा परिचर्चा हुने आयोजकको अपेक्षा ।
५१.पूर्वी नवलपरासीमा निर्माणाधीन २ सय २० केभिए क्षमताको हेटौडा बर्दघाट प्रसारण लाइन निमार्ण कार्यमा स्थानीयको अवरोध ।
५२.वैकल्पिक बाटो हुदाँहुँदै बस्तीबाट लैजान लागेको भन्दै देवचुली नगरपालिकाका बासिन्दा आन्दोलित ।
५३.वास्तबाट प्रशारण लाईन लान लागेकाभन्दै पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ७ रामवासका स्थानीयमा चिन्ता ।
५४.बर्दघाट प्रसारण लाइन जग्गाभित्र पर्ने भएकाले बिक्री वितरणमा रोक लगाइएको स्थानीयको गुनासो ।
५५.प्रसारणलाइन बस्तीबाट नलान २ वर्ष पहिला नै प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्रालय र विधुत प्राधिकरणमा निवेदन दर्ता गराए पनि सुनुनवाई नभएको स्थानीयको भनाइ ।
५६.बुधबार सुनको मूल्यले पुनः नेपाली बजारमा बनायो नयाँ कीर्तिमान ।
५७.तोलाको ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएर सुनको भाउले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी महासंघद्वारा जानकारी ।
५८.इरान र अमेरिकाबीचको द्धन्द, अमेरिका र चीनबीचको व्यापार युद्धमा सुधार नहुनु र भारतीय मुद्रा डलरसँग कमजोर बन्दा नेपाली बजारमा सुनको मूल्य आकाशिँदै ।
५९.तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघद्वारा जानकारी ।
५९.निर्यात बढाएर व्यापार घाटा कम गराउने सरकारको रणनीति ।
६०.निर्यात बढाउन तुलनात्मक लाभका वस्तु छनोटमा ध्यान दिँदै वस्तु विविधकरणमा जोड दिन अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह ।
६१.कम्तिमा पनि २० प्रतिशत भ्यालु एड गर्न सकिने आयातित सामाग्रीबाट खरबौैंको निर्यातमा जोड दिनुपर्ने अर्थमन्त्रीको तर्क ।
६२.औद्योगिक क्षेत्रमा विद्युत महशुल सम्बन्धी समस्या नरहने भन्दै अर्थमन्त्रीद्वारा उद्योगीहरुलाई आश्वस्त ।
६३.निर्यात बढेपनि व्यापार घाटा चिन्ताको विषय बन्दै गएको भन्दै उद्योगीहरुद्वारा गुनासो व्यक्त ।
६४.यो साता कारोबारको पहिलो तीन दिन लगातार दोश्रो अंकले बढेको नेप्से परिसूचकमा बुधबार भने ब्रेक लाग्यो ।
६५.बुधबार परिसूचक ७ दशमलब शुन्य ८ अंकले घटेर १ हजार २ सय ९ दशमलब ८,४ अंक कायम ।
६६.१ सय ६९ वटा कम्पनीको १७ लाख २० हजार ९ सय ८६ कित्ता सेयर ८ हजार ३ सय २७ पटक खरिदबिक्री हुँदा ५९ करोड ८० लाख ५६ हजार ३ सय २२ रुपैयाँको कारोबार ।
६७.वित्त समूह, उत्पादन समूह, लघुवित्त समूह र म्युचुअल फण्ड समूह क्रमशः १ दशमलब शुन्य ३, ७ दशमलब ६, १३ दशमलब ८२ र शुन्य दशमलव शुन्य अंकले बृद्धि ।
६८.मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादव प्रहरीद्वारा पक्राउ ।
६९.यादवलाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीले बुधबार गरेको हो पक्राउ ।
७०.यादवलाई पक्राउ गरेर अनुसन्धान थालिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीद्वारा जानकारी ।
७१.घटनाका पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले यादवलाई लिएको हो नियन्त्रणमा ।
७२.राजपाका केन्द्रीय सदस्य समेत रहेका यादव स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदमा भएका थिए पराजित ।
७३.मुलुकभर भ्रमण वर्ष २०२० शुरु भएयता आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो ।
७४.पूर्वाधारको व्यवस्थापन नहुँदा अपेक्षित पर्यटक भित्रिन नसकेको स्थानीयहरुको भनाइ ।
७५.पर्यटकको रोजाईमा पर्ने गरेको नेपालगञ्जको डुंडुवा खोलाको बाँध प्रचारप्रसारको अभावमा ओझेलमा ।
७६.यसवर्षका लागि कक्षा ६ देखि ८ सम्म रंगिन पुस्तक छापिएको जनक शिक्षा सामाग्री केन्द्रद्वारा जानकारी ।
७७.१ करोड १२ लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न भइसकेको केन्द्रको भनाइ ।
७८.विगतका केही वर्षदेखि समयमै पाठ्य पुस्तक पु¥याइरहेको केन्द्रले यस पटक पनि समयमै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता ।
७९.हिमाली जिल्लाहरुमा भने माघ मसान्तभित्रै पाठ्य पुस्तक पु¥याउने जनक शिक्षाको तयारी ।
८०.एल आई सी नेपालले ल्यायो जीवन बचत नामक एकल बीमाशुल्क योजना ।
८१.योजनामा बीमा परिपक्वता पछि बीमितले तोकिएको व्याजसहित किस्ताबन्दीमा रकम लिन सक्ने विशेषता रहेको बजार व्यबस्थापक प्रमुख स्मृतीराज कँडेलद्वारा जानकारी ।
८२.मकवानपुर र धादिङबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ ।
८३.मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजासहित २ जना नियन्त्रणमा लिएको प्रहरिको भनाई ।
८४.धादिङको थाक्रे गाउँपालिका ७ त्रिभुवन राजपथबाट करिब ४ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका ६ का बस्ने १७ वर्षीय अनिष मिजार पक्राउ ।
८५.सल्यान जिल्ला अदालतद्धारा दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त टिकाराम घर्तीलाई जन्मकैद सहित १२ वर्ष कैदको फैसला ।८६.५९ वर्षीय श्रेष्ठको अपहरण पछि हत्यामा संलग्न अरु ७ जनालाई ९ देखि १६ वर्षसम्मको सजाय ।
८७.अभियुक्त आठै जनालाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत तोकियो ।
८८.टिकारामकी २० वर्षीया छोरी पूजा घर्तीलाई अपहरण मुद्दामा आठ वर्ष र थप दुई वर्ष कैदको सजाय ।
८९.इरानको तेहरानमा विमान दुर्घटना, चालक दलका सदस्यसहित १ सय ७६ को मृत्यु ।
९०.राजधानी तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ सेभेन थ्री सेभेन ७३७ विमान दुर्घटनामा परेको जानकारी ।
९१.अफगानिस्तानमा मंगलबारबाट जारी तालिबान लडाकूविरुद्ध सुरक्षा कारबाहीमा १६ लडाकूको मृत्यु ।
९२.अफगानिस्तानको पाँच वटा प्रान्तमा जारी कारबाहीको क्रममा ती लडाकू मारिएको सुरक्षाअधिकारीहरुद्वारा जानकारी ।
९३.कारबाहीमा अन्य ६ जना घाइते भएको अफगान गृह मन्त्रालयको भनाइ ।
९४.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले आरोप ।
९५.राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको बाइडेनको टिप्प्णी ।
९६.विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेको र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बाइडेको भनाइ ।
९७.शहिद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडी सन्तोष साहुखलको कीर्तिमानी एक सय गोल ।
९८.२०६० सालमा थ्रिस्टार क्लबबाट लिग करिअर सुरु गरेका सन्तोषद्वारा पूरा गरे एक सय गोल ।९९.सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबद्धारा ब्रिगेड ब्वाइजमाथि सहज जित ।
१००.त्रिपुरेश्वरथित दशरथ रंगशालामा भएको खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार उक्लिएको हो शीर्ष तीन ।