शेयर परिसुचक नेप्सेमा गिरावट

काठमाडाैं । लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्सेमा बुधबार ब्रेक लागेको छ ।
बुधबार परिसूचक ७ दशमलव तीन दुई अंकले घटेर १२ सय ९ दशमलव छ शुन्य अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव पाँच शुन्य अंकले घटेको छ । बुधबार बजारमा कारोबारमा आएका फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्यूचुअल फन्ड र अन्य समूहको परिसूचकमा सुधार आएको छ । बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
बजारमा १ सय ७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर १० हजार ३५ पटक खरिदबिक्री हुँदा ७३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।