राजविराजमा स्तन क्यान्सरको सफल शल्यक्रिया

विद्यानन्द राम
राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ । अस्पतालमा बुधबार विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराकी ६० वर्षीया दुखनीदेवी खंगको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो ।

सप्तरीका डाक्टर राजिव मिश्राको टिमले साढे ३ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलालदासले जानकारी दिनुभयो ।

गत पुुस ८ गते स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी दुखनीलाई क्यान्सर भएको आशंका गरिएको थियो । मासु जाँच पश्चात क्यान्सर भएको प्रमाणित भएपछि बुधवार अस्पतालमा शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

पत्नीको उपचारमा अत्यधिक खर्च हुने भन्दै चिन्तामग्न रहेका दुखनीका पति रामचरण खंगले राजविराजमै शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सप्तरी । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय कर्मचारी घुससहित पक्राउ परेका छन् ।  मालपोत कार्यालय नायब सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ…

महोत्तरी । जलेश्वर कारागारमा कैदीबन्दी धमाधम बिरामी पर्न थालेका छन् । एकैदिन १ सय ५४ कैदीलाई ज्वरो आएको छ ।…

काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायी आन्दोलित भएका छन्…

सप्तरी । भारतसँग सीमा जोडिएको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले जिल्लाको…

काठमाडौं । ललिपुरमा एक युवकले युवतीलाई कोठामा पुर्याइदिने बहानामा बलात्कार गरेका छन् । इलाम घर भई ललिपुरको नख्खुमा बस्दै आएका…

मेष– घरायसी चिन्ता थपिनेछ । पारीवारिक काममा दिन बित्नेछ ।  अशान्तिले पिरोल्नेछ । वृष– कार्य ढिला पूरा हुनेछ । यात्रामा…