झुपडीका परीहरू

लघुकथा

हाम्रो गाउँदेखि लगभग दुई तीन घण्टा पूर्व दक्षिण सिमानापारि फूलबारी बजार लाग्थ्यो । गाउँका मानिसहरू मालसामान र लुगाफाटो त्यही बजारबाट ल्याउँथे ।मंसिर महिनामा भने ठूलो मेला लाग्थ्यो ।आमासँग म पनि पछि लागेर गएँ मंसिरे मेला हेर्न । मेरो बाल कल्पनामा रङ्गीबिरङ्गी फूलैफूलले ठकमक्क सजिएको बजार फर्याकफुरुक नाच्न लाग्यो ।

हामी खोलाको बगर छेउ के पुगेका थियौँ, म त चकित भएर हेरेको हेरै भएँ। बगरैभरि सजाउन राखे जस्ता सयदेखि एक सय पचास जति साना साना झुपडी र त्यो झुपडीको ढोकाको सामुन्नेमा मुडा राखेर एकएक जना युवतीहरू बसेका थिए । सिँगारिएर चिटिक्क परेर बसेका तिनीहरू स्वर्गका अप्सराभन्दा कम थिएनन् ।

मैले आमालाई त्यसरी बस्नुको कारण सोध्दा आमाले बताउन चाहनु भएन । ‘चुप लागेर हिड्न पाहुना पर्खिएका हुन् क्या’ भन्दै आमा अगाडि बढ्नुभयो । मेरो बाल मस्तिष्कमा ती परीहरूका पाहुना हेर्ने तीव्र इच्छा जागेर आएको थियो । त्यती राम्रा परीहरूका पाहुना झन् कति राम्रा होलान् । आँखामा बगर सजिएको दृष्य बोकेर म आमाहरूसँगै बजार पुगेँ । मेला हेरेर किनमेल सकेर हामी त्यहीँ बाटो भएर नै फर्कियौँ ।

मेरो मन भने बजार घुम्दा पनि बगरैतिर डुल्थ्यो । फर्किदा मैले आमाहरूका कुरा सुनिरहेकी थिएँ। उहाँहरू भन्दै हुनुहुन्थ्यो ‘पेटमा बलेको भोकको आगो निभाउन अस्मिता बेच्नु पर्ने कठैवरा दश बाह्र वर्षका कोपिलाहरू फक्रिन पाएकै छैनन्। के रस पसेको छ होला र, निर्दयी भारत सरकारले यसरी खुल्ला रुपमा व्यापार गर्न दिन नहुने ।अङ्ग प्रत्याङ्ग विकास भएकै छैन।’ बुझ्ने अनेकौ प्रयत्न गर्दा पनि मैले केही कुरा बुझिन । मेरो कोमल बाल मस्तिष्कले अहिले पनि मैले बुझ्न नसकेको कुरा के बुझोस् ।

म आकाशतिर हेर्दै अनि बगरका सुन्दर कलिला परीहरूलाई हेर्दै उनीहरूका झुपडीभित्रका पाहुना नियाल्न खोज्थेँ । पुनः कानमा आवाज आयो आमाहरूको गफको ‘ती हाम्रा गाउँका युवक त हैनन् पाहुना भएर आएका । कतै झुपडीका परीहरू पनि हाम्रै चेली हुन सक्छन् ।’ मैले कुरा बुझिन तर आँखाले देखुन्जेल पछि फर्किफर्कि हेरिरहेँ मर्त्यलोकका परीलाई जो स्वर्गका भन्दा निकै सुन्दर थिए । तर तिनीहरूका पाहुना नि !

जमुना पौड्याल
विराटनगर, कञ्चनबारी

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…