फाइल तस्बिर
काठमाडौं । चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
रौतहट, कटहरिया नगरपालिका–९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना१त४१४० नम्बरको ट्याक्टरले किचेर एक जनाको मृत्यु छ । मृतकको नाम भने खुल्न सकेको छैन ।
यसैगरी रौतहट, माधवनारायण नगरपालिका–३ स्थित सडकमा ना५ त ९२६७ नम्बरको ट्याक्टरले ना४८ प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ माधोपुर बस्ने ४० वर्षीय राम अधार ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २२ वर्षीय सुसिल ठाकुरको तराई हस्पिटल सुकदेवचोकमा उपचार भइरहेको छ ।
चितवन, राप्ती नगरपालिका–६ हर्दीस्थित सडकमा ना७ ख ४६६० नम्बरको ट्याङ्रले प्रदेश नम्बर–३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका-४ बस्ने ३५ वर्षीय ईन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २४ वर्षीय सुगम तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप, दोरम्बा गाउँपालिका–३ टोकरपुरस्थित सडकमा बिहीबार बा।२ क९००९ नम्बरको गाडीको ठक्करबाट ६ वर्षीया प्रतिमाकँडेलको मृत्यु भएको छ । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ थापागाँउस्थित सडकमा मे१ च६६०६ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जिपमा सवार सोही ३५ वर्षीय पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषा, मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा ना७ ख ६४१३ नम्बरको ट्रिपरले बिहीबार दिउँसो सोही ठाउँ बस्ने २४ वर्षीय ओमप्रकाश महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
मकवानपुर, भिमफेदी गाउँपालिका–९ अगोरस्थित हेटौंडा–भैसेपालुङ सडकखण्डमाबा१ य १२८३ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्युभएको छ ।
-स्रोत नेपाल प्रहरी