‘भाषाको कुनै भुगोल हुँदैन’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताउनुभएको छ । बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सीमाले नरोक्ने बताउनुभएको हो ।

मन्त्री त्रिपाठीले नेपाल एक बहुभाषी, बहुसांस्कृतिक र बहुजतिय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको उल्लेख गर्नुभयो । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठूलो र सम्पन्न देश भएको उहाँको भनाइ छ । उहाँले हिन्दी र नेपाली दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताउनुभयो । परस्पर रुपमा नेपाली साहित्य हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्य नेपालीमा अनुवाद हुनुले दुई देशलाई सीमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सीमालाई पनि पार गरेको बताउनु्भयो ।

 नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत­–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको थियाे ।

भारतीय दुतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताउनुभयो । दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…