चलचित्र ‘पर्खि बसेँ’ काे सिक्वेल निर्माण हुने

बिना श्रेष्ठ
काठमाडौं । करिब १३ वर्षपछि अघि प्रदर्शन भएको नेपाली चलचित्र ‘पर्खि बसेँ’ को सिक्वेल निर्माण हुने भएको छ ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खि बसेँ २’ निर्माण गर्न लागेको हो । गोपीकृष्ण मुभिजकी निकिता पौडेल र हिमालयन मुभी स्टुडियोका बिनोद सापकोटाबीच बिहीबार चलचित्र निर्माणका लागि सहमति भएको छ ।

चलचित्रमा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । सौरभ चौधरीको निर्देशन रहने यस चलचित्रमको कथा चौधरी स्वयम्ले लेखेका हुन् । पर्खि बसेँमा जस्तै दोस्रोमा पनि सांगीतिक प्रेमकथा देखाइने निर्देशक सौरभले बताएका छन् । उनको यो दोश्रो निर्देशकीय चलचित्र हो । सौरभको पहिलो निर्देशन रहेको चलचित्र ‘लभ डायरिज’ आउँदो फागुन २ गतेबाट प्रर्दशनीमा आउँदैछ ।

‘पर्खि बसेँ’ मा अभिनेता द्वय निखिल उप्रेती, राजबल्लभ कोइरालासँगै अभिनेत्री युना उप्रेतीको प्रमुख भूमिका रहेको थियो भने चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।

पुराना कलाकार दोहोरिने सम्भावना न्यून रहेको यस चलचित्रमा आवद्ध कलाकार तथा प्राविधिक एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने निर्माण टिमले जानकारी दिएको छ ।

भदौबाट छायांकन शुरु हुने भनिएको यो चलचित्र २०७७ सालको अन्त्यतिर प्रदर्शनीमा जानकारी दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…