Logo आश्विन १५, २०७७ बिहीबार


ट्रकको ठक्करबाट बालिकाको मृत्यु, २२ घाइतेको उपचार हुँदै

तनहुँ । बन्दीपुर गाउँपालिका नयाँपुलमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको भएको हो ।

सुरतालाई शुक्रबार ट्रकले ठक्कर दिएको थियो । उनका पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको छ ।

२२ घाइतेको उपचार हुँदै

घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार बस दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेको २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्को बस दुर्घटना भएको हो । बस सडकबाट ४० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।