पद हत्याउनको लागि मान्छेहरूले अनेक उपाय गर्छन् । पैसाको लागि जे पनि गरिरहेका हुन्छन् । सत्ता प्राप्तिका लागि त मान्छेहरू मर्न र मार्न पनि तयार हुन थालेको देखिन्छ । पछिल्लो समय सत्तामा पुगेपछि मनमौजी गर्न पाउने सोचसहितका मान्छेहरू राजनीतिमा लाग्ने गरेका छन् । राजनीतिलाई केवल कमाउने र रमाउने भाँडो बनाउने उनीहरुको प्रयास हुन्छ । यतिमात्रै होइन्, अन्ततः राजनीतिकै परिभाषा बदलिदिन्छन् उनीहरु । यसैले राजनीतिलाई फोहोरी खेल भन्नेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
सबै नीतिहरूको मुलनीति राजनीति हो । राजनीतीले नै समाजलाई नेतृत्व र समाजलाई मार्गदर्शन गर्दछ । समाजको गती, प्रगती अनि l अधोगती, सबै तत्कालीन राजनीतिक नेतृत्वको गुण र क्षमतामा निहीत हुन्छन् । मार्क्सवादी सोच र व्याख्या अनुसार राजनीति वर्गीय हुन्छ । यो एक वर्गले अर्को वर्गलाई दबाउने हतियार हो । अहिले राजनीति शक्तिको श्रोत भएको छ । यो एक शक्तिले अर्को शक्तिलाई दबाउने हतियार बनेको छ । वर्गको स्थान शक्तिले लिएको छ भने सेवाभावको स्थान पद, प्रतिष्ठा र मस्तीले लिएको छ ।
पद, पैसा, संगठन, सत्ता -यि सब शक्तिका श्रोत हुन् । यिनै चिजलाई मानिसहरूले प्रतिष्ठाका आधार मानेका छन् । पहुँचको विषय र जीवनको ध्येय बनाएका छन् । कतिपयले पैसा नै सबैथोक हो पनि भन्दछन् । द्रव्य पिशाचहरू धन, दौलत र पैसाकै लागि मरिहत्ते गर्ने गर्दछन् । आजको दुनियाँमा द्रव्यकै निम्ती सबथोक गर्नेहरूको संख्या ठुलो छ । दुनियाँमा अहिले सामाजिक व्यवहार, नाता-सम्बन्धसमेतलाई पनि पैसाले किन्न सकिने सोच भएका मान्छेहरुको संख्या बढिरहेको देखिन्छ ।
त्यस्ता मानिसको बुझाइमा पैसा आर्जन नै जीवनको सर्वश्रेष्ठ लक्ष्य हो । कतिपयले भने राजनीतिक पद तथा प्राप्तिलाई सबैथोक ठानेको पाईन्छ । यसैको लागि आफ्नो सम्पूर्ण तन, मन र ध्यान केन्द्रीत गरिरहेका हुन्छन् । आफ्नो ध्यान, मान र ज्ञान सबै चीजलाई पदका निम्ती समर्पण गर्ने गरेको पनि पाइन्छ । तर कतिपयले भने जनसमर्थन, संगठन या जनताको संगठित शक्तिलाई नै मूल शक्ति मान्दछन् । यस्ता रानीतिज्ञहरु संगठनलाई नै इज्जत, प्रतिष्ठा र शक्तिको आधार मानेर काम गरिरहेका हुन्छन् । यो वास्तविक, सहि र सुन्दर ठम्याई पनि हो । तिनीहरू ‘रियल’ मै हिरो हुन तर यस्ताे राजनीतिमा अहिले आकर्षण न्यून छ ।
पद हत्याउनको लागि मान्छेहरूले अनेक उपाय गर्छन् । पैसाको लागि जे पनी गरिरहेका हुन्छन् । सत्ता प्राप्तिका लागि त मान्छेहरू मर्न र मार्न पनी तयार हुन थालेको देखिन्छ । पछिल्लो समय सत्तामा पुगेपछि मनमौजी गर्न पाउने सोचसहितका मान्छेहरू राजनीतिमा लाग्ने गरेका छन् । राजनीतिलाई केवल कमाउने र रमाउने भाँडो बनाउने उनीहरुको प्रयास हुन्छ । यतिमात्रै होइन्, अन्ततः राजनीतिकै परिभाषा बदली दिन्छन् उनीहरु । यसैले राजनीतिलाई फोहोरी खेल भन्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
विद्यमान राजनीतिमा त अपराध कर्मले पनि सजिलै प्रवेश पाउन थालेको छ । अपराधिहरूको पहुँच र पकड राजनीतिको उच्च तहमा सजिलै हुन थालेको छ । ठुला/ठुला धनाढ्यहरूले कुनै सत्कर्म गर्नुपर्दैन । देशको संसद र मन्त्रीपरिषदमा आशन जमाउन निकै सहज भएको छ, त्यस्ता मानिसहरुलाई । थोरै लगानीको भरमा उनिहरू देशको नीति, कानुन र परिस्थिती नै बदल्ने गर्दछन् । तस्करी धन्दाका सम्राटहरू, काला धन्दाका नाइकेहरू, अनि लागू औसतका हिरोहरूलाई सम्मानित स्थान र व्यक्तित्वसम्म पुग्न कुनै कठिनाई देखिंदैन अहिले । उनीहरूले हरेक पार्टीमा आफ्ना खेतालाहरूलाई भर्ना गरिराखेका हुन्छन् । उनीहरुले खेतालामार्फत आफ्नो धन्दा चलाइरहेका आम मान्छेलाई थाहै हुन्न । खेल कताबाट कता चलिरहेको हुन्छ ?, कसले कसलाई चलाइरहेको छ ?, कसले कसलाई हाँकिरहेको छ ?, दुनियाँ कता गइरहेको छ ? अनी आम मान्छेको मुल्य किन घटिरहेको छ ? र दलालहरूको फूर्ती र भाव कसरी र किन बढिरहेको छ ? यतातिर अब भने गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।
हामी चिनी कारखाना खोल्न होइन, रक्सी उद्योग खोल्ने लाईसेन्स बाँड्न उत्साही छौं । अबौं खर्च गरेर नमुना कृषि फार्म होइन, भ्यु टावर बनाउछौं । जनताको रोजगारीका अवसर सृजना हुने कार्यक्रम भन्दा पनि प्रचारबाजीका काममा आनन्दित हुन्छौं । जनता/जनता भनिरहेका छौं र जनताकै नाममा राजनीति पनि गरिरहेका छौं । तर जति/जति जनताको पार्टी बलियो भयो उती /उती जनताले आफूलाई कमजोर भएको महशुस गरिरहेका छन् ।
भनिन्छ, मान्छे आफैमा सम्पूर्ण हुन्छ । मानिसलाई सम्पूर्ण बनाउने उसको विवेक हो । उसभित्र निहित ज्ञान र सत् विचार हुन्छ । सत् गुण र सत् विचार अनि संसारलाई बुझ्ने दर्शनले नै मानिसलाई सम्पूर्ण र सक्षम बनाउँछ । मानिसको शत्रु उ आफै हो भने मित्र पनि आफै । अनि उसलाई सानो, ठुलो र सफल तथा असफल बनाउने पनि मानिस आफैले हो ।
अझ अहिले त कम्युनिस्ट पार्टीको सरकार छ । देशको सबभैन्दा ठूलो पार्टीको सरकार छ । अझ भन्दा जनताको मुक्तिको लागि लडेका नेताहरूले चलाएको सरकार छ । तर यस्तो शुभ अवसरमा देशका किसानले आफ्नै पसिना बगाएर र खेती गरेर उत्पादन गरेको उखु बेचेर मुल्य लिन आन्दोलन गर्नुपर्ने अवस्था छ । दुध किसानले दुध पोखेर फाल्नुपर्ने अवस्था छ । मजदुरका समस्या यथावत छन् । राहत शिक्षकले रोएर बााच्नुपरेको छ । गरिबले काम नपाउने स्थिती कायम छ र जीवन खोज्दै मुग्लान हिंड्नेको संख्या बढेको बढ्यै छ । फेरि पनि हामी प्रगती र विकासका कुरा गरिरहेकै छौं । हामी राजनीती गरिरहेकै छौं ।
हाम्रो राजनीति विचारमा आधारित छ । हाम्रो राजनीति सिद्धान्त र संगठनमा आधारित हो । आस्था र निष्ठाको राजनीति हो । यसमा जनसेवा जाेडिन्छ। यो समाजलाई संगठित गर्ने राजनीति पनि हो । समाज परिवर्तनका लागि अग्रसर राजनिति हो । हामीले समाज परिवर्तनका लागि गरिने जीवनमुखी र राष्ट्रिय सोचसहितको राजनीति गर्ने गरेको हो । जुन निस्वार्थ, समर्पण, त्याग र बलिदानमा अडेको थियो ।
तर अहिले हामिलाई पनि पद र पैसाको प्रेसरले थिच्न थालेको छ । हामीलाई पनि आवश्यकताका सूचीले पेल्न थालेका छन् । अनि सुख सयलको चाहले पिराेल्न थालेको छ । त्यसैले हामी जनताको काममा भन्दा ठेक्कापट्टातीर बढी ध्यान दिन थालेका छौं । आम्दानीका क्षेत्रतिर आँखा गाड्न थालेका छौंं । हामीलाई गोकर्णतीर टहल्न मन लाग्छ । बालुवाटारमा आराम गर्न मन लाग्छ । यती या वुध्द एयरमा सयर गर्न मन लाग्छ । त्यती मात्र होइन, हामीले देखिरहेका छौं कि, हाम्रो लहरमा त्यागको स्थान मागले लिएको छ । समर्पण र सहयोगको स्थान निजत्वले लिएको छ । अनि समर्पण ओझेलमा परेको छ । स्वार्थ नाचगान गर्दै अघी बढेको छ । केवल नीजी स्वार्थका लागि जनताको नाममा प्राप्त सत्ता, शक्ति र संगठन समेतको दुरूपयोग भइरहेको छ । यो कुनै सकारात्मक कुरा होइन् । यसर्थ हामीले परिस्थितिको समिक्षा गर्नुपर्छ । आफैलाई मुल्याङकन गर्नु पर्दछ ।
आत्म मुल्याङकनको जरुरी भनिन्छ, मान्छे आफैमा सम्पूर्ण हुन्छ । मानिसलाई सम्पूर्ण बनाउने उसको विवेक हो । उसभित्र निहित ज्ञान र सत् विचार हुन्छ । सत् गुण र सत् विचार अनि संसारलाई बुझ्ने दर्शनले नै मानिसलाई सम्पूर्ण र सक्षम बनाउँछ । मानिसको शत्रु उ आफै हो भने मित्र पनि आफै । अनि उसलाई सानो, ठुलो र सफल तथा असफल बनाउने पनि मानिस आफैले हो ।
मार्क्सवादले मात्रै नभइ हाम्रो शास्त्रले पनि यही भन्दछ । अहिले आफूलाई पूर्ण ठान्ने कम्युनिष्ट पार्टीको सरकार छ । अझ आफूलाई सम्पूर्ण ठान्ने कम्युनिष्ट नेताहरूले सरकारलाई चलाइरहनु भएको छ । तर परिणाम सुन्दर आइरहेको छैन । सम्मानित नेताहरूले समयमै आफूलाई 'करेक्सन' गरेर हेर्नुपर्छ र पूर्णरूपमा जनकार्यमा केन्द्रीत हुन आवश्यक छ । अन्यथा आगामी दिनहरु डरलाग्दा हुन सक्छन् ।
हामी जनताको काममा भन्दा ठेक्कापट्टातीर बढी ध्यान दिन थालेका छौं । आम्दानीका क्षेत्रतिर आँखा गाड्न थालेका छौंं । हामीलाई गोकर्णतीर टहल्न मन लाग्छ । बालुवाटारमा आराम गर्न मन लाग्छ । यती या वुध्द एयरमा सयर गर्न मन लाग्छ । त्यती मात्र होइन, हामीले देखिरहेका छौं कि, हाम्रो लहरमा त्यागको स्थान मागले लिएको छ । समर्पण र सहयोगको स्थान निजत्वले लिएको छ । अनि समर्पण ओझेलमा परेको छ । स्वार्थ नाचगान गर्दै अघी बढेको छ । केवल नीजी स्वार्थका लागि जनताको नाममा प्राप्त सत्ता, शक्ति र संगठन समेतको दुरूपयोग भइरहेको छ ।