काठमाडौं । संविधानसभाको निर्वाचनपछि बसेको संविधानसभाको पहिलो बैठकले मुलुकमा राजतन्त्र अन्त्य भएको घोषणा गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरेर सहजै रुपमा राजगद्दी छाडे । विश्वमा पत्रकार सममेलन गरेर सहजै रुपमा राजगद्दी त्याग्ने संभवत ज्ञानेन्द्र नै पहिलो राजा हुन् ।
२०६५ साल जेष्ठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले ‘मुलुकमा राजतन्त्र पूर्ण रुपा अन्त्य भएको’ घोषणा गरेको थियो । संविधानसभा बैठकले सर्वसम्मत रुपमै मुलुकमा गणतनत्र स्थापना भएको पारित गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले त्यसको केही दिनमा ‘जनताको चाहना र भावना कदर गर्दै राष्ट्रिय एकताको प्रतीककमे रुपमा रहेको राजमुकुट र राजदण्ड सुरक्षाको लागि सरकारलाई सुम्पिएका छौं’ भन्दै गद्दी त्यागेका थिए ।
राजगद्दी त्यागेपछि पनि पूर्व राजा ज्ञानेन्द्र सरकारले तोकेको सुविधा ग्रहण गरेर स्वदेशमै रहे । कुनैबेला निरंकुश शासनको सपना देखेर त्यसको अभ्यास समेत गरेका ज्ञानन्द्रमा राजगद्दी छोडे पनि राजनीतिक धङधङी भने सकिएको छैन । पूर्व राजाको रुपममा राज्यबाट सुविधा पाए पनि समाजमा हैसियत भने नागरिक सरह नै छ । अधिकार कटौती गरेर नागरिक सरह बनाइएपनि यद्यपि उनी अघोषित शक्तिकै रुपमा छन् ।
हैसियत नागरिक सरह भए पनि अप्रत्यक्ष रुपमा उनले आफ्नो भूमिका बढाउन खोजेको देखिन्छ । पूर्व राजा ज्ञानेन्द्र विभिन्न प्रसङ्गमा बेलाबेला वक्तव्य निकालेर सञ्चार माध्यममा छाउने गरेका छन् । ज्ञानेन्द्रले आफ्नो वक्तव्यमा जनतालाई आधार बनाएर घुमाउँरो पारामा राजनीतक दललाई घोँचपेज समत गर्दै आएका छन् । उनको वक्तव्य र घोचपेजले दललाई सचेत समेत बनाउने गरेको छ । मुलुकमा संविधान निर्माणबारे किचलो भइरहँदा पूव राजा ज्ञानेन्द्रले ‘आकाशमा कालो बादलभित्र चाँदीको घेरा देखिएको छ, साउन–भदौमा गड्याङगुढुङ हुन सक्छ, खुर्सानी सुकाउने महिना पनि हो’ भनेका थिए ।
संविधान निर्माणमा विदेशी चलखेल समेत भइरहेको बेला पूर्व राजाको त्यस्तो अभिव्यक्तिले त्यसबेला राजनीतिमा ठूलै तरङ ल्यायो । पूर्व राजाको अभिव्यक्तिविरुद्ध ठूला राजनीतिक दलका शीर्ष नेताले नै बोल्न बाध्य भए । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई ‘राज्यले दिएको मानो खाएर चुप लागेर बस्न’ समेत गराए । अन्य दलका नेताले पनि पूर्व राजालाई ‘सक्रिय नहुन’ चेतावनी दिए । तर पनि पूर्व राजाले बेलाबखत वक्तव्य निकाल्न र दललाई लक्षित राजनीतिक कटाक्ष गर्न छाडेका छैनन् ।
पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीमो अवसरमा समेत सन्देशको नाममा वक्तव्य निकालेका छन् । पृव्थी जयन्तीको अवसरमा निकालेको वक्तव्यमा पूर्व राजा ज्ञानेन्द्रले मुलुकलाई विवादमा नपार्न आग्रह गरेका छन् । सरकारले केही वर्ष विभिन्न चाडपर्वको बिदा कटौती गर्ने क्रममा पृथ्वी जयन्तीको बिदा पनि हटाएको छ । संघीय सरकारले बिदा हटाए पनि केही प्रदेश, र स्थानीय तहले भने पृथ्वी जयन्तीमा बिदा दिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीको बिदा कटौतीप्रति घुमाउरो पारामा असन्तुष्टि व्यक्ति गरेका छन् । ‘जनमानसमा के छ, के भइरहेको छ ? सबैमा प्रष्टै छ’ वक्तव्यमा भनिएको छ,‘ राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्नै नहुने, राट्रिय अखण्डता र स्वभिमानको अभिव्यक्तिलाई कुष्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने कतैबाट पनि हुनुहुँदैन ।’