नायकलाई विस्थापित गरेर खलनायक स्थापित भए: विश्लेषक निरौला

भिडियोसहित

काठमाडौं । आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरणका साथै विविध कार्यक्रम गरी मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभयो ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । २ सय ९८ औँ जन्म दिवसको अवसर पारेर नेपाली सेनाले गोरखा दरबारबाट निकालेको विशेष प्रकृतिको पदयात्र आज राजधानी आइपुग्दैछ । पदयात्रा काठमाडौं आइपुग्दा नेपाली सेनाले विशेष कार्यक्रम गरी स्वागत गर्नेछ । पछिल्लो समय पृथ्वीनारायण शाहलाई एक राजपरिवारको सदस्यका रुपमा हेर्ने दृष्टिकोणमाथि कसरी परिवर्तन ल्याउने भन्ने विषयमा समेत विश्लेषण हुन थालेका छन् ।

नेपालमा २००७ सम्म त राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गर्नुभयो । त्यो भन्दा पहिले पनि जन्मजयन्ती मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन । २००९ सालदेखि योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आँफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गर्नुभयो । योगी नरहरीनाथले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो त्यो यसै भन्न सकिदैन । तर, संस्थापकका रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै अग्रसरतामा भन्ने गरिन्छ ।

पृथ्वीनारायण शाहलाई किन सम्झिने, अरु राजा र उहाँबीचको फरक, नेपालको अस्तित्व जोगाउनमा उहाँको योगदान र पृथ्वीनारायणमाथि लाग्ने आरोपबीचको सन्दर्भका निम्ति प्राध्यापक पेसल निरौलासँग खेम बमले कुराकानी गर्नुभएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…