आँधीका कारण ११ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा आएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ । आँधी र कडा खालको हावाहुरीका साथै बाढीका कारण एक प्रहरी जनाव र उद्वारकर्ता तथा ९ जना सर्वसाधारणको ज्यान गएको समाचारमा जनाइएको छ ।
आँधीमा परी सबैको मृत्यु टेक्सास राज्यमा भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । आँधीका कारण हजारौँ सवारी साधनहरु बाटोमै रोकिएका छन् ।
आँधीपछि टेक्सास राज्यका हजारौँ घरमा बिजुली आपुर्ति सेवा अवरुद्ध भएको छ भने हावाइ तथा राजमार्गहरु बन्द भएका छन् ।