सकारात्मक साेच : छोरीका लागि छोरी अभियान

भिडियाेसहित

हेर्दा कुनै पारिवारिक जमघटजास्तो लाग्ने यी दृश्यहरु हुन् छोरीका लागि छोरी अभियानका केही झलक । यस्ता हजारौँ कार्यक्रममार्फत् महिला सशक्तिकरणका लागि जागेका छन् यतिखेर मुलुकभरबाट १६ हजारभन्दा बढी छोरीहरु । अभियानका बुबा अर्थात् श्याम थापा, सार्थक सचेतना बोकेका हजारौँ छोरीहरु जन्माउने अभियानको पृष्ठभूमि जोडिरहेका छन् ।

हो , छोरीहरुमाथिको यो अन्याय र कुप्रथालाई तोड्न न श्याम थापाको एक्लो असन्तुष्टी पर्याप्त थियो न पुरुष हातहरु मात्रको साथ नै । थियो त केबल छोरीहरुको यस्तै जागरुकताले । यो सत्यलाइ नजिकबाट नियालेका उनेै थापाको फेसबुकबाट शुरु भयो छोरीका लागि छोरी नै अभियान ।

एक थुकी सुकी सय थुकी नदी भनेझैं सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत् अभियान झाङिगँदै गयो । हातमा हात थपिँदै गए एउटी छोरीको लागि मात्रै होइन सिंगै समाज परिवर्तनको बलियो माध्यम बन्दै गयो छोरीका लागि छोरी अभियान । त्यो पनि कुनै सरकारी र गैह्र सरकारी निकायको आर्थिक सहयोग बिना । प्रेरणादायी कक्षा सञ्चालनदेखि चेपाङ बस्तीमा बिद्यालय स्थापनासम्म, निशुल्क कपडा वितरणदेखि कृषीमार्फत् महिला सशक्तिकरणको बाटोसम्म अगाडि बढिसकेको छ अभियान । ९ जिल्लामा शाखा विस्तार गरी ४५ भन्दा बढी जिल्लाका दिदीबहिनी जोडिइसकेका छन् अभियानलाई लक्ष्यमा पु¥याउन ।

वास्तवमै, यस्ता छोरीहरुको यो सार्थक सचेतना, सकारात्मक पाइला अनि सक्रिय सहभागिता भए समाजलाइ समानता र समृद्धिको बाटोमा अघि बढाउन पक्कै संभव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।