गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
१.नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २ सय ९८ औँ जन्मजयन्तीका अवसरमा मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना ।
२.सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता ।
३.समारोहमा पृथ्वी नाराययण शाहको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा शाहले गर्नुभएको योगदानको स्मरण ।
४.तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सर्वत्र प्रशंसा ।
५.प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम ।
६.प्रदेशसभामा स्थायी राजधानी तोक्ने सम्बन्धमा आइतबार भएको मतदानमा प्रदेश राजधानी हेटौडाका पक्षमा १०५ सांसदद्वारा मतदान ।
७.एक सय १० जना सांसद रहेको प्रदेश सभामा हेटौडा राजधानी हुनुहुन्न भन्ने पक्षमा भने ३ मत ।
८.लामो रिक्ततालाई चिर्दै प्रदेश ३ प्रदेशसभाद्वारा यो प्रस्तावलाई प्रक्रियामा लगेपछि भएको हो मतदान ।
९.प्रदेशसभाका ५ दलका १ सय १० जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्न सहमत नभएपछि भएको थियो मतदान ।
१०.प्रदेशसभामा १ सय १० सदस्यमा नेकपाका ८० र कांग्रेसका २२ सांसद् ।
११.सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलद्वारा हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले गरेका थिए धुलिखेल प्रस्ताव ।
१२.सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भईरहेको राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवको आरोप ।
१३.सत्ताधारी पार्टीबाट एमसीसी सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएको भन्दै आपत्ति ।
१३.नेपालको विकास गर्न चाहने हो भने एमसिसि सम्झौताबाट पछि हट्न नहुने तर्क ।
१४.सुरक्षा समितिको बैठकमा कुनै दलका प्रतिनिधि लगातार सहभागी भएको विषयमा सदनलाई जानकारी नगराएको भन्दै राष्ट्रिय सभा सदस्य बृशेष चन्द्र लालको आपत्ती ।
१५.नवलपरासीको लुम्बिनी चिनी मिल निजीकरण गर्ने क्रममा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै राष्ट्रियसभा सदस्य रामलखन चमारले गराउनुभयो सम्बन्धीत निकायको ध्यानाकर्षण ।
१६.तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको समयमा शिक्षाका लागि निब्र्याज ऋण दिने भनिए पनि अहिलेसम्म कार्यविधि बन्न नसकेको भन्दैे सहज अध्ययन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग ।
१७.एम.सी.सी को सम्झौता संसदबाट पारित हुने विषयमा अन्योल कायमै रहेको सत्तारुढ नेकपाका नेता लिलामणी पोखरेलको भनाइ ।
१८.८६ मुलुकले सहायता लिएको एमसीसी परियोजना नेपालको लागि योग्य छ कि छैन भन्नेमा अझै विश्वस्त हुने ठाउँ नरहेका पोखरेलको तर्क ।
१९.एमसीसी परियोजना विभिन्न मुलुकमा लागु नगरेकोमा नकरात्मक दृष्टिकोण आएको भनाई ।
२०.चीनलाई कमजोर बनाउन नेपालमा इन्डोप्यासिफिक रणनीति अनुरुप परियोजना लागु गर्न खोजिएको भन्दै सत्तापक्षकै केही नेताहरुद्धारा असन्तुष्ट व्यक्त ।
२२.सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई रकम निकासा गर्न निर्देशन ।
२३.३२ औद्योगिक ग्रामको पूर्वाधार निर्माण र विकासका लागि स्थानीय तहहरुलाई १५ दिनभित्र रकम निकासा गर्न .उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निर्देशन ।
२४.आर्थिक वर्षभित्रमा प्रकृया पुरा गरेर थप ७० वटा औद्योगिक ग्राम घोषणा गरी सरकारबाट अनुदान दिइने ।
२५.निर्माणजन्य पदार्थको उत्खननका लागि खानी तथा भूगर्व विभागले पहिचान गरेका खानीहरुको सञ्चालन र प्रवद्र्धनका लागि केही दिनभित्रै बोलपत्र आह्वाको प्रकृया अघि बढाउने जानकारी ।
२६.प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर माघ ६ गते सम्मका लागि स्थगित ।
२७.प्रतिनिधिसभाद्वारा विशेष कारणवश बैठक बस्न नसक्ने व्यहोराको सूचनामा प्रकाशन ।
२८.यसअघि पुस १६ गते बुधबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर भएको थियो स्थगित ।
२९.पुस ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय गरेपनि पटक पटक बैठक स्थगित हुँदा संसद अलमलमा ।
३०.सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठक बस्नै सकेन ।
३१.नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको सरकारको भनाई ।
३२.परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जानकारी ।
३३.फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको उद्योग विभागका सचिव याम कुमारी खतिवडाको भनाइ ।
३४.फलामको उत्खनन् र प्रशोधनका लागि कम्पनी समेत खडा गरिएको सचिव खतिवडाको भनाई ।
३५.दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम पनि सुरु भइसकेको उल्लेख ।
३६.दैलेखमा मात्रै नभई सुर्खेत र तानसेनमा पनि यससम्बन्धि काम भइरहेको मन्त्रालयको दाबी ।
३७.डडेल्धुरा सदरमुकामका अधिकांश होटेलहरुमा बाल मजदुर प्रयोग गरिएको खुलासा ।
३८.बाल श्रमशोषण गर्न नपाइने कानुन निर्माण गरेपनि डडेल्धुराका होटलहरुद्वारा कानुन उलंघन गरी श्रमशोषण ।
३९.पछिल्लो समयमा बालश्रम गर्नेहरुको तथ्यांक नभएको जिल्ला प्रशासन कार्यालयको भनाइ ।
४०.अमरगढी नगरपालिका महिला तथा बालबालिका शाखाले पनि राखेन बालश्रमिका तथ्यांक ।
४१.पछिल्लो समय नेपालको अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढेको सरकारी दाबी ।
४२.व्यापार घाटा क्रमशः घट्दै गएको र वित्तीय बजार सन्तुलित अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक ।
४३.बैंकहरुमा तरलताको अभाव नरहेको र ब्याजदरस्थिर रहेको अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा सार्वजनिक फोरमबाटै उद्घोष ।
४४.व्यवसायिक वातावरण निर्माणका लागि निजी क्षेत्रको व्यवहारिक कठिनाई हटाउन पनि सरकार तयार रहेको अर्थमन्त्री खतिवडाको भनाई ।।
४५.रेमिट्यान्सले धानिरहेको अहिलेको अर्थतन्त्रमा उत्पादनमा जोड दिनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाई ।
४६.कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुको भनाई ।
४७.नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुद्धारा आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेटगरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको गुनासो ।
४८.कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाई ।
४९.आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बदनाम हुने गरेको समेत उल्लेख ।
५०.राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तगर्त लमजुङको भोर्लेटारका प्रभावितहरुद्धारा प्रदर्शन ।
५१.सडकको नक्शांकन भएको ट्रयाक छोडेर खेतीयोग्य जमिन मास्न लागेको भन्दै स्थानीयद्धारा विरोध
५२.प्रभावितहरुद्धारा संघर्ष समिति गठन गरी नयाँ ट्रयाक खोल्न नदिने चेतावनी ।
५३.आफूहरु सडक वा विकास विरोधी नभएको प्रभावितहरुको भनाई , आयोजनाले पनि आफुहरुलाई अटेर गरेको गुनासो ।
५४.पूर्वको मेची नदी पारि रहेको नेपाली भूमिका बसोबास गर्नेलाइ सहज सडक संजाल नहुदाँ समस्या ।
५५.नदीको बाढी र भारतीयको हस्तक्षेपले बसोबास छोडेपनि आफ्नो जमिनको भोगचलन गर्न नेपाली किसानलाई सास्ती ।
५६.झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ सिमलडाँगी पश्चिममा मेची खोला र अरू तीनतिरबाट घेरिएको छ भारतीय भूमिले ।
५७.उत्पादीत कृषिजन्य सामग्री भारतीय बाटो भएर ल्याउनुपर्ने वा जोखिम मोलेरै खोलाबाट ल्याउनुपर्ने बाध्यता ।
५८.रुपन्देहीको सैनामैनास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा निर्माणाधीन ढल व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा ।
५९.५ सय घरधुरीको ढल व्यवस्थापन गर्ने योजनाको ९० प्रतिशत काम पुरा भएको मुर्गिया खानेपानी उपभोत्ता सरसफाई संस्थाद्वारा जानकारी ।
६०..पहिलो चरणमा रामबस्तीमा नमुना ढल व्यवस्थापन केन्द्रको काम पुरा गरेपछि दोश्रो चरणमा अस्नैया डाँडामा गरिएको हो आयोजना निर्माण ।
६१.रुपन्देहीको गैडहवा गाउपालिकामा आरम्भ एकिकृत कृषि फर्मद्वारा जग्गा भाडामा लिई कृषिका योजनाहरु सञ्चालन ।
६२.द्वन्द्वकालमा गाडी लुकाउने, मान्छेका कंकाल भेटिने दानव नदीको बगर क्षेत्रमा अहिले व्यावसायिक खेती र पशुपालनले हराभरा ।
६३.नदी छेउमा पानी जम्ने खाल्डाहरु अहिले माछा पोखरीमा परिणत ।
६४.स्थानीय पुराना कृषि प्राविधिक नारदमुनि यादवको परिवारद्वारा विद्यालय र सामुदायिक वनको उपयोगविहीन बगरको जग्गा भाडामा लिएर गरेका हुन् व्यवसायीक कृषि उद्यम ।
६५.हालसम्म ५ करोड भन्दा बढी लगानी भइसकेको फर्मबाट वार्षिक २ देखि ३ करोडसम्मको कारोबार भइरहेको सञ्चालकको भनाइ ।
६६.भोलिदेखि काठमाडौंमा साताँै बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदशनी मेला हुने ।
६७.नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानिक रुपले आधुनीकीकरण गर्दै बिदेशी बजारमा समेत परिचित गराउन मेला गर्न आयोजना गर्न लागिएको आयोजकको भनाई ।
६८.प्रदर्शनीमा विभिन्न आकर्षक मोडलका जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु राखिने ।
६९.मेलामा अपांगता भएका व्यक्तिहरुका लागि विशेष किसिमका जुत्ताहरु उपलब्ध हुने आयोजकको भनाई ।
७०.मेलाको ७० देखि ८० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा ।
७१.नेपाल चेम्बर अफ कमर्सद्धारा स्थापनाको ७० औं वर्ष प्रवेश एवं चेम्बर डे को अवसरमा प्रभातफेरीको आयोजना ।
७२.प्रभातफेरीद्वारा काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रको परिक्रमा ।
७३.चेम्बर स्थापना भएदेखिका कामहरुलाई निरन्तरता दिने प्रतिवद्धतासहित प्रभातफेरी निकालिएको अध्यक्ष राजेशकाजी श्रेष्ठद्वारा जानकारी ।
७४.‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणमा सरकारसँग सहकार्य गरी अगाडी बढ्ने चेम्बरको प्रतिबद्धता ।
७५.आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो ।
७६.आइतबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा किनबेच ।
७७.चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला आठ सय नब्बे रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।
७८.साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्धारा शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने साल्ट ट्रेडिङ कर्पाेरेशनको निणर्य ।
७९.गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने साल्ट ट्रेडिङको प्रस्ताव ।
८०.आगामी साधारणसभाले प्रस्ताव अनुमोदन गरेपछि लाभांश वितरण गरिने ।
८१.नेपाल राष्ट्र बैंकद्धारा १४ अर्ब मूल्य बराबरको दुई प्रकारको ट्रेजरी बिल बिक्री गर्दै ।राष्ट्र बैंकका अनुसार आगामी मंगलबार सो ट्रेजरी बिलको बिक्री गरिने ।
८२.राष्ट्र बैंकका अनुसा आठ अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल २०७७ साल वैशाख २ गते परिपक्व हुने ।
८३.नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ४२ दशमलव ६,१ अंकले बढेको छ भने सेन्सिटिभ सूचक पनि बढेर ८ दशमलव ४७ अंकमा ।
८४.१ सय ७९ कम्पनीको कारोबार भएको दिन ३८ लाख ३१ हजार कित्ता सेयर बिक्री ।कुल १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँको सेयर कारोबार भएको हो। कुल १२ समूहको कारोबार ।
८५.सबैभन्दा बढी सूचक बढ्नेमा जीवन बीमा ४ सयय ९दशमलव २७ अंक र निर्जीवन बीमाको ३ सय ८४ दशमलव २१ अंकले बढेको नेप्सेको भनाई ।
८६.नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ५ करोड ८८ लाखको कारोबार ।
८७.बैंकरहरुद्धारा सरकारसँग ब्रोकर लाइसेन्स माग ।
८६.बैंकर्स संघले अर्थ समितिको पूँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उपसमितिलाई पत्र पठाउँदै गरेको छ लाइसेन्स माग ।
८७.पत्रमा बैंकर्स संघले बैंकलाई लाइसेन्स दिँदा लगानी कर्तालाई सहज गरेको छ हुने तर्क ।८८.नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचमा जोड दिएकाले ७ सय ४३ स्थानीय तहमा बैंक पुगिसकेकाले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा सबै स्थानबाट धितोपत्र कारोबार गर्न सकिने ।
८९.इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुद्धारा विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले झुट बोलेको भन्दै विरोध प्रदर्शन ।
९०.गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा पर्दा विमानमा सवार सबै १७६ जनाका गएको थियोे ज्यान ।
९१.इरानले भने सो कुरा अस्वीकार गर्दै आएको थियो तर शनिबार इरानी आर्मीले वक्तव्य जारी गरेर आफ्नो तर्फबाट प्रहार भएको मिसाइलकै कारण विमान खसेको भन्दै मागेका थिए माफी ।
९२.आक्रमण नियतबस नरहेको स्पष्ट पारेको इरानी सेनाले घटना गम्भीर मानवीय त्रुटीका कारण भएको गरेको छ उल्लेख ।
९३.शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित ।
९४.त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बीमा थ्री स्टार, फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले भएको हो पराजित ।
९५.बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गरे निर्णायक गोल ।
९६.वाग्नेर नेपाली लिगमा गोल गर्ने बने पहिलो ब्राजिलियन खेलाडी ।
९७.सिन्धुपाल्चोकको सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगीतामा छ जिल्ला क्वाटर फाइनल प्रवेश ।
९८.सिन्धुपाल्चोक, मकावनपुर, नुवाकोट, रामेछाप, चितवन र सिन्धुली जिल्ला क्वाटर फाइनल खेलमा गरेका हुन् प्रवेश ।
९९.आइतबार भएका पहिलो लिग खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ को सोझो सेटमा हराएको थियो ।
१००.पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले स्थानीय भदौरे गणेश सामजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा भएको हो प्रतियोगीता शुरु ।