Logo कार्तिक १०, २०७७ सोमबार


मन्त्रिमण्डल बिस्तार र कर्मचारी सरुवा रोक्का

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागू गरेको हो ।  आयोगले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

आगोगले निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा गर्न सरोकारवाला पक्षलाई निर्देशन समेत गरेको छ । आचारसंहिता नेपाल सरकारका मन्त्री, प्रदेश सरकार अन्तर्गत स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुने जनाएको छ । यस अवधिमा मन्त्रिमण्डल बिस्तार, हेरफेर र कर्मचारीको सरुवा गर्न बन्देज हुनेछ । राजनीतिक दलको हकमा निर्वाचनको अन्तिम परिणाम नआएसम्म सामान्य र विषयगत आचारण लागु गरिएको छ ।

त्यसैगरी, उम्मेदवारको हकमा निर्वाचन मनोनयनपत्र दर्ता भएको मितिदेखि चुनावको अन्तिम परिणाम नआएसम्म ‘जुलुस, आमसभा, ¥याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण र सवारीसाधन प्रयोग तथा प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने आचरण लागू गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार दल तथा उम्मेदवारले मोटर तथा मोटरसाइकल र्याली गर्न पाउने छैनन् । निर्वाचन पर्यवेक्षक तथा सञ्चारमाध्यमले समेत आचारसंहिता पालना गर्नु पर्नेछ । उनीहरूले कसैको पक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । आचारसंहिता उल्लङ्घन भए उजुरी गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।