दाेरम्बामा निशुल्क स्वास्थ्य शिविर

रामेछाप । दोरम्बा गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित, महिला, अपाङ्ग र जनजाति समुदायलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

दोरम्बा गाउँपालिकाले लक्षित समुदायका लागि विनियोजन गरेको बजेटबाट छाती रोग विशेषज्ञसहितको चिकित्सक टोलीलाई गाउँपालिकामै बोलाएर शिविर सञ्चालन गरेको हो । शिविरमा स्वासप्रश्वास समस्या भएका तथा छाती सम्बन्धित रोग भएका बिरामीहरुलाई सहभागि गराइएको छ ।

दम तथा छाती रोग सम्बन्धी बिरामी काठमाडौं जाँदा विशेषज्ञ डाक्टरलाई भेट्न नसकिने भएकाले त्यस्ता बिरामीलाई विशेषज्ञ डाक्टरबाट उपचार दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका बिरामीलाई रोग अनुसार १ महिनाका लागि निःशूल्क औषधी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमूना परीक्षण शुरु गरेको छ । काठमाडौंसहित धरान, हेटौंडा,…

काठमाडौं । लकडाउनको बेला उपभोक्तालाई सजिलो र सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले तरकारी किनबेच गर्ने स्थान तोकेको छ । लकडाउनको कारण…

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेकाे  छ । मन्त्रिपरिषदकाे सोमबारको बैठकले अधिकारीलाई १७ औ गभर्नर…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सजकता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि लम्बिएको छ । सरकारले लकडाउन तेस्रो पटक लम्ब्याएर…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताउनुभएको छ…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि थपिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले…