ए डिभिजन लिगमा पुलिस र एनआरटी भिड्दै

काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार दुई खेल हुँदैछ।

पहिलो खेलमा पुलिस र एनआरटी तथा दोस्रो खेलमा च्यासल र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा पुलिस र एनआरटी मध्यान्न १२ बजे भिड्नेछन् । च्यासल र एपीएफ दोस्रो खेलमा दिउँसो ३ बजे आमने सामने हुनेछन् ।

लिगको छैठौ स्थानको नेपाल पुलिस क्लब र नवौं स्थानको न्यूरोड टिम एनआरटी आमुने सामुने हुदैछन् । दुवै टिमले लिगमा दुई–दुई खेल जितेका छन् ।पुलिसले दुई खेलमा जित, दुईमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ । गत सिजन पुछारमा रहेर ऋण अंक सहित सिजनको सुरुवात गरेको एनआरटीले दुई खेलमा जित, एकमा बराबरी र दुईमा हार ब्यहोरेको छ ।

पुलिस सोमबार हुने पहिलो खेलमा एनआरटीलाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । एनआरटी पनि पुलिसलाई पराजित गर्दै छैठौं स्थानमा उक्लन चाहन्छ । दुवै टिमलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ ।

लिग तालिकामा पुलिसको ८ अंक रहेको छ भने एनआरटीको ५ अंक मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…