बाग्लुङमा राष्ट्रियस्तरको मेयरकप फुटबल हुने

बाग्लुङ । बाग्लुङमा राष्ट्रियस्तरको मेयरकप हुने भएको छ । माघ १६ बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघको संयोजनमा माघ १६ गतेदेखि २२ गतेसम्म मेयरकप गर्न लागिएको हो ।

जिल्लामा खेलकुद प्रर्वद्धनको लागि मेयर आयोजना गरिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘खेलको प्रवद्र्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो’, उहाँले भन्नुभयो, ‘खेलकुदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।’

नगरपालिकाले प्रतियोगिताको लागि २१ लाख ९६ हजार १ सय १० रुपैयाँ विनियोजन गरेको छ । मेयरकपमा १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल संघका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेतालाई २ लाख रुपैयाँ तोकिएको छ । सेमिफाइनल पुग्ने टीमलाई ६०–६० हजार रुपेयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समानस्वरुप ५ हजार रुपेयाँका दरले पुरस्कार पाउने छन् । म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपेयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…