काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अंकका साथ शीर्ष स्थानमा छ । मछिन्द्रले अहिलेसम्म ६ खेलमध्ये ४ मा जित तथा ४ खेल बराबरी खेलेको छ ।
यस्तै पाँच खेलमा चारमा जित तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अंकसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । मनाङले ६ खेलमा तीनमा जित तथा तीनमा बराबरी खेलेको छ । उसले १२ अंक प्राप्त गरेको छ । तीन खेलमा जित, दुईमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार १० अंकसहित चौथो स्थानमा छ । दुई खेलमा जित, एकमा हार तथा तीन खेलमा बराबरी खेल्दै नौ अंकका साथ जावलाखेल पाँचौँ स्थानमा छ ।
यसैगरी न्युरोड टिम तीन खेलमा जित, दुईमा हार र एक खेलमा बराबरी खेल्दै आठ अंकका साथ छैटौँ स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै आठ अंकसहित सातौँ, सङ्कटा क्लब दुई खेलमा जित, दुईमा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्कसहित आठौँ, ब्रिगेड ब्वाइज क्लब दुई खेलमा जीत, तीनमा हार तथा एक खेलमा बराबरी खेल्दै सात अंकसहित नवौँ, च्यासल युथ क्लब एक खेलमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खलेर छ अंकका साथ १०औँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब एउटामा जित, तीनमा हार र एकमा बराबरी खेल्दै पाँच अंकसहित ११औँ स्थानमा, फ्रेन्डस् क्लब एक खेलमा जित, तीनमा हार र दुई खेलमा बराबरी खेलेर पाँच अंकका साथ १२औँ, हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा चारमा बराबरी खेल्दै चार अंकका साथ १३औँ तथा सरस्वती युथ क्लब पाँच खेलमा हार तथा एक खेलमा बराबरी खेल्दै लिगको पुछारमा छ ।
मंगलबार छैटौँ चरणको अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेल हुनेछ । मंगलबारको खेल जिते आर्मी १५ अंकका साथ लिगको शीर्ष स्थानमा पुग्नेछ । खेल संकटाले जिते नौ अंकसहित पाँचौँ स्थानमा उक्लने छ ।