ज्योति बैंकले १२ प्रतिशत बोनस बाँड्दै

काठमाडौं ज्योती विकास बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभामा शेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको हो ।

ज्योती बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो । बैंकले निक्षेप संकलन पनि वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले वृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकको कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ । बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी…

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…