संसद भवन भत्काउन निर्देशन, गेस्ट हाउस बनाउन सुझाव

काठमाडौं । संघीय संसद भवन भत्काउन निर्देशन दिइएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन बनाउन निर्देशन दिएको हो ।

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा सांसदहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदा समेत भवन निर्माणको शुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझाव समेत दिन नसकेको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझाव विज्ञबाट आएको बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भएपनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने ? निर्णय नभएको बताउनुभयो । उहाँले केहि बजेट विनियोजन गरिएपनि के बनाउने भन्ने निक्र्योल भएपछि बजेट थप हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…