‘रेल जनकपुरबाट सिन्धुलीसम्म पुग्छ’

काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास समितिको मंगलबारको बैठकमा मन्त्री नेम्वाङले यस्तो बताउनुभएको हो ।

ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको उहाँले बताउनुभयो । जी टु जी माध्यमबाट रेल खरिद गरिनेछ । २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । ‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ । रेलको बाटो निर्माण भएको देखिन्छ । रेल ऐन आइसकेको छ’, उहाँले भन्नुभयो ।

सरकारले संघ अन्तर्गत पर्ने सडकको पूर्ननिर्माणका कामहरु गरिरहेको उहाँले बताउनुभएको छ । खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उहाँले बताउनुभयो । संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उहाँले बताउनुभयो ।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारको भएको बताउनुभयो । दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धी मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरु बनाउने काम शुरु गरिएको उहाँले बताउनुभयो ।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिले जथाभावी डोजर किनेर जथाभावि सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको आग्रह छ । स्थानीय स्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद विमला राई पौडेलले चालकसँग चालक अनुमतिपत्र छ छैन भन्ने यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिन बाट बच्ने उहाँको भनाई छ ।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागु गर्ने गराउने सम्बन्धी दिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…