बागमती पीडितलाई मुआब्जा दिन निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलले बागमती पीडितलाई मुआब्जा दिन निर्देशन दिएकाे छ । समितिले बागमती कोरिडोर अन्तर्गत पर्ने जग्गा पीडितको छानविन गरी मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन दिएको हाे ।

समितिको मंगलबारकाे बैठकपछि पत्रकारसँग समितिका सभापति पूर्णकुमारी सुवेदीले क्षतिपूर्ति तथा मुआब्जा दिन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । ‘वास्तविक पीडित जसको हातमा लालपुर्जा छ, सरकारलाई तिरो तिर्दै आएको छ’ उहाँले भन्नुभयो, ‘त्यस्तालार्ई क्षतिपूर्ति तथा मुआब्जा दिन शहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । जो पीडित छ त्यसले न्याय पाउनुपर्यो, जो पीडित छैन जसले दाबी मात्रै गरेको छ भने पनि छानविन हुनु पर्यो र मन्त्रालयले एउटा प्रकृयाबाट छानविन गरेर पीडितलाई न्याय दिन पर्यो । पीडितलाई जुन वास्तविक पीडितको जग्गा बागमतीमा छ र उसको हातमा लालपुर्जा छ, उसले तिरो तिरेको छ भने उसलाई एउटा प्रकृयाबाट क्षतिपूर्ति मुआब्जा दिनुपर्छ ।’

समितिले बैठकमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बोलाई जग्गा सम्बन्धी विवाद समाधान गर्न छलफल गरेको हो । बैठकमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बागमती करिडोरमा १ सय ८८ रोपनी ५ आना ३ दामको जग्गामा विवाद रहेको जानकारी दिनुभयो ।

उहाँले २०५६ सालमा भएको त्यस क्षेत्रको नयाँ नापीपछि जग्गा खोलाको बाहिरि भागमा रहेको देखिने बताउँदै त्यही जग्गाको मुआब्जा आफूहरूले नपाएको भन्दै स्थानीयको गुनासो रहेको बताउनुभयो । उहाँले मुआब्जाको लागि कसरी वितरण गर्ने ? भन्ने निर्देशन दिएमा काम गर्न सजिलो हुने समेत बताउनुभयो । उहाँले समितिको प्रतिवेदन राम्रो आएको र त्यही अनुसार निर्देशन दिएमा समस्या समाधान हुने बताउनुभयो ।

बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले जग्गा विवादमा देखिएका समस्याका विषयमा समितिलाई जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…